back
CTIZAN AD

सुरु भयो कर्णालीमा ‘कारागारमा पुस्तक अभियान’

वि.सं.२०७५ चैत २३ शनिवार

633 

shares

२३ चैत, सुर्खेत । कर्णाली प्रदेशका जिल्लामा रहेका कारागारमा प्रदेश सरकारले ‘कारागारमा किताब अभियान’ शुरु गरेको छ । उक्त अभियानको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरेका छन् ।

सो अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले सुरक्षित समाज निर्माणका लागि सामाजिक रुपान्तरण जरुरी रहेको बताए । उनले बन्दुक देखाएर एवं लाठी प्रहार गरेरमात्र समाज शान्त नहुने भएकाले यसका लागि सामाजिक रुपान्तरणको खाँचो औल्याए ।

उनले यस अभियानले कर्णालीमा सामाजिक रुपान्तरणको नयाँ आयाम शुरु भएको बताए । “सकारात्मक सोचको भावना विकास गर्न पुस्तक पढ्न जरुरी छ, जेलमा बस्दैमा निराश हुनुपर्दैन्”, मुख्यमन्त्री शाहीले भने, “तपाईंहरुको ज्ञान, सीप, रुची के छ प्रस्ताव पठाउनुस् सरकार सहयोग गर्न तयार छ ।” उनले कैदीबन्दीलाई गुरुकूल सम्झेर कारागारमा पुस्तक पढ्न आग्रह गरे । उनले यस अभियानलाई गाउँ÷गाउँमा पु¥याउनुपर्ने बताए ।

सामाजिक विकासमन्त्री दल रावलले फुर्सदमा पुस्तक पढेर सिर्जनशील बन्न कैदीबन्दीलाई सुझाव दिनुभयो । जेल बसाइँलाई सदुपयोग गर्न सके राष्ट्रकै प्रतिष्ठित व्यक्ति बन्न सकिने उनको भनाइ थियो । प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले आफू जुम्ला कारागारको निरीक्षणमा जाँदा त्यहाँका एक कैदीले ‘पुस्तक भए पढ्न चाहन्थें’ भनेपछि त्यही कुराले मन छोएर पुस्तक सङ्कलन अभियान शुरु गरेको बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेशका आठ जिल्ला कारागारमा एकैसाथ शनिबारदेखि अभियानको शुरुवात गरिएको हो । सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्र पुस्तकालय स्थापना गरिएका छन् ।

हुम्ला र मुगुमा कारागार भवन सञ्चालनमा नआएकाले हुम्लाको जिल्ला प्रशासन र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको छ । अभियानका प्रदेश सदस्य यज्ञ खत्रीले फाइन प्रिन्ट, बुलबुल, बुकहिल, साङ्ग्रिला, नई प्रकाशन, अक्षर क्रियशन, एजुकेशनल बुक नेपाल, पुस्तक व्यवसायी सङ्घलगायतका प्रकाशन गृह तथा सङ्घ–संस्था र व्यक्तिगत सहयोगमा पुस्तक सङ्कलन गरिएको जानकारी दिए ।

उनका अनुसार विभिन्न विधाका आठ हजार ३८८ थान पुस्तक सङ्कलित छन् । त्यस्तै, सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको थियो ।

लेखकसँग कैदीबन्दी

कारागारमा पुस्तकालय स्थापनालगत्तै लेखक एवं साहित्यकार र कैदीबन्दीबीच अन्तक्र्रिया सम्पन्न भएको छ । मुलुकका प्रतिष्ठित १५ जना साहित्यकार यतिबेला कर्णालीमा छन् । प्रदेश प्रहरीको संयोजनमा उनीहरुले आज पहिलो पटक कैदीबन्दीसँग अन्तक्र्रिया गरेका हुन् ।

सुर्खेत कारागारमा वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार एवं कथाकार नयनराज पाण्डे र कवि नवराज पराजुली, दैलेखमा निबन्धकार÷स्तम्भ लेखक शेखर खरेल, उपन्यासकार तथा कथाकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी, रामलाल जोशी, रुकुम –पश्चिम) मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालीकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार शिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले कैदीबन्दीसँग अन्तक्र्रिया गरेका छन् ।

बुक क्लब गठन

कैदीबन्दीमा पुस्तक अध्ययन गर्ने बानीको विकास गर्न कर्णालीका प्रत्येक जिल्ला तथा प्रदेश कारागारमा बुक क्लब गठन गरिएको छ । क्लबमा हरेक शनिबार पुस्तक अध्ययन प्रतियोगिताका साथै समीक्षा हुनेछ । हप्ताभरी अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श हुनेछ । उत्कृष्ट अध्ययनकर्तालाई पुरस्कृत गरिने योजना रहेको बताइएको छ । महीनामा उत्कृष्ट हुने कैदीबन्दीलाई पुस्तक पढेवापत कारागारको चिनोका रुपमा उक्त पुस्तक नै उपहार प्रदान गरिनेछ ।

वि.सं.२०७५ चैत २३ शनिवार १५:२८ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...