back
CTIZAN AD

अग्निपीडित शेरचनलाई विदेशबाट २५ लाख सहयोग

वि.सं.२०७५ चैत २६ मंगलवार

705 

shares

२६ चैत, गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीले रु २५ लाख आर्थिक सहयोग गरेका छन् ।

बेलायतमा कार्यरतÞ रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अष्टे«लियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको रु २५ लाखमध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उनका आफन्तलाई हस्तान्तरण गरिएको छ ।

रु २५ लाखमध्ये ६ लाख ५० हजारमा घर खरीद गरिएको छ भने चर्पीलगायत अन्य व्यवस्थापनमा पाँच लाख ५० हजार खर्च भएको आर्थिक सहयोग सङ्कलनका संयोजक शेरचनले जाकारी दिए । बाँकी रु १३ लाख रुपैयाँ पीडितका आफन्त गोविन्द शेरचनको अध्यक्षतामा सात सदस्यीय अक्षयकोष समिति गठन गरी गरिमा विकास बैंकमा चेतनारायण भरण पोषण कोष स्थापना गरी जम्मा गरिदिएको शेरचनले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगरले आगलागीबाट बिचल्लीमा परेका शेरचन दम्पतीलाई प्रवासीले आर्थिक सहयोग गरी पीडितको घाउमा मलम लगाउने काम गरेको बताए । गत मङ्सिर ६ गते घरमा अचानक आगलागी हुँदा पीडित शेरचनको घरभित्र रहेको धनमाल जलेर नष्ट भएको थियो ।

वि.सं.२०७५ चैत २६ मंगलवार १०:५२ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...