back
CTIZAN AD

साउदीमा पाएको सास्ती भुलेर गाईपालनमा रमाउँदै बुढाथोकी

वि.सं.२०७५ चैत २६ मंगलवार

684 

shares
२६ चैत, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन् ।

विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाएका छन् । आफ्नो परिवार मात्र नभएर उनले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिएका छन् । बुढाथोकी पशुपालन पेशाबाट सन्तुष्ट छन् । उनी भन्छन्, “वार्षिक रु १० देखि १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ, म यसैमा रमाएको पनि छु ।”

उनको दिनचर्या बिहान मिर्मिरेबाट शुरु हुन्छ । प्रायः गाईका बाच्छा–बाच्छीको स्याहार–सुसारबाट शुरु हुन्छ उनको दिनको काम । दिउँसो पनि प्रायः उहाँ धेरै यसैमा व्यस्त देखिन्छन् ।

सामान्य खेती किसानी परिवारका बुढाथोकी धन कमाउन भन्दै १२ वर्षपहिले साउदी अरेबिया गएका थिए । तर त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि आफू स्वदेश फर्किएको उनको भनाइ छ । त्यहाँ रहेका नेपालीसँग आर्थिक सहयोग सङ्कलन गर्ने गरेको तर सो रकम सङ्कलनको कामलाई गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले त्यहाँको प्रहरीलाई खबर गरेपछि आफू साउदीमा जेलमा परेको उनले बताए ।

“मैले त्यहाँका नेपालीलाई परेको दुःख देखेपछि त्यसैमा काम लाग्ने गरी केही साथीको सहयोगमा सो रकम सङ्कलन गरेको थिएँ तर, पछि उनले प्रहरीलाई अवैध भनिदिएछन्”, उनले बताए । पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालन पेशामा लागेको उनले बताए ।

शुरुका वर्षमा आफ्नै घरजग्गामा रु एक लाख ५० हजार लगानी गरेर तीनवटा जर्सी गाईबाट सेवा शुरु गरेको बताउने बुढाथोकीकहाँ अहिले जर्सी क्रस जातका गरी जम्मा १४ गाई र छ बाच्छा–बाच्छी छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि एक लाख ५० हजार पर्ने बुढाथोकी बताउछन् । अहिले उनले दैनिक ८० देखि ९० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्छन् भने केही दूध आफ्नै फार्मबाट स्थानीयवासीले खरीद गरी लिने गरेका छन् ।

बुढाथोकीले गत वर्षदेखि रु १६ लाखको लागतमा बुढाथोकी कुखुरा फार्मसमेत सञ्चालनमा ल्याएका छन् । फार्ममा तीन हजार लेयर्स जातका कुखुरा छन् । कुखुराका लागि दाना महँगो र अण्डाको मूल्य कम भएकाले कुखुरापालनबाट यस वर्ष फाइदा नभएको बुढाथोकी भन्छन् ।

शनिबार बुढाथोकीको गाई फार्ममा दूध खरीद गर्न आएकी उमहानगरपालिका–८ निवासी २३ वर्षीया सन्तोषी शर्माले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताइन् । उनले भनिन्, “यसअघि एक लिटर दूध किन्न गाउँभरि घुम्नुपर्ने र त्यो पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।”

त्यसैगरी सोही ठाउँकी ४२ वर्षीया गोमा शर्माले पनि आफूले घरमा तरकारी खेती गरेको र त्यसका लागि गाईको मल खरीद गर्न आएको बताइन् । बुढाथोकीको फार्ममा अहिलेसम्म रु २५ लाख लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्न सफल भएको बुढाथोकीले बताए । आफूले दुई बिघा जमीन गाईपालनका लागि भाडामा लिए पनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ ।

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको पनि बुढाथोकीले बताए । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरू आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, बुढाथोकीले भने, “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले गाईपालक किसान भनेर ५० प्रतिशत अनुदानमा घाँस काट्ने मेशिन दिएको थियो, हाल उक्त मेशिन काम नगर्ने अवस्थामा छ ।”

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले उनको गाई फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरीदका लागिसमेत मानिस आउने गरेका छन् । “पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जानुपर्छ भन्ने छैन”, उनको सुझाव छ, “पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ ।” स्वयं युवा वर्गले एक सञ्जाल निर्माण गरी गाईपालनका पूर्वाधारहरु पहिचान र निर्माण गरेर सहकारीका रूपमा व्यवसायलाई अघि बढाउन जरुरी रहेको उनको भनाइ छ ।

गाईपालनका लागि मुख्यतः घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने बुढाथोकी दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको शुद्धतामा उपभोक्तहरुले आशङ्का गर्ने गरेको उल्लेख गरे । विभिन्न क्षेत्रबाट दिइने अनुदान खाली प्रक्रियामुखी रहेको र आवश्यकताभन्दा पनि कार्यक्रममुखी भएकाले अनुदानलाई व्यावहारिक र आवश्यकतामा आधारित बनाउनुपर्ने उनको भनाइ थियो । उनले सरकारले कृषकका लागि मल अनुदान दिएजस्तै प्रतिलिटर दूधका आधारमा केही रकम उपलब्ध गराउनुपर्ने बताए ।

“अनुदान लोक सेवा आयोगले माग्ने निवेदनजस्तो नभई व्यवसाय शुरुआत गर्दा कृषकले थाहा नपाई गोठमा आइपुग्ने किसमको हुनुपर्छ”, उनको सुझाव छ, “यस्तो अनुदान पनि पशु बीमा जस्तै ७५ प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने जस्तै हुनुपर्छ ।” उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुुझाव छ ।

वि.सं.२०७५ चैत २६ मंगलवार ११:१७ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...