back
CTIZAN AD

पर्वतका दधि बने बेलायतका सात सय नेपाली कुकको नेता

वि.सं.२०७५ चैत २६ मंगलवार

687 

shares

नेप्लिज सेफ एसोसियसन युकेको अध्यक्षमा दधि आचार्य चयन भएका छन् ।

लन्डनको इष्टकोष्टस्थित फाइभ रेष्टुरेण्टमा सम्पन्न भएको एसोसिएसनको दोस्रो अधिबेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी, सहकोषाध्यक्षमा धर्मागत चापागाईँ र सदस्यहरुमा ठाकुर प्रसाद तिमल्सेना, केबी गुरुङ रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ,टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा रहेका छन् ।

निर्वाचन समितिका संयोजक राम शरण शिम्खडाले नवनिर्वाचित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरेका थिए भने बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, एसोसियसनका निर्वतमान अध्यक्ष कृष्ण तिमल्सेना, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य र सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए युकेका पूर्वअध्यक्ष सुर्य गुरुङ, निर्वाचन समितिका सदस्य फणिन्द्र भट्टराई लगायतबाट नबनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस्तै प्रमुख अतिथि डा. सुवेदीले खानामार्फत् नेपाललाई संसारभर चिनाउने सेफहरु देशका सच्चा दूत भएको बताएका थिए भने एनआरएनए उपाध्यक्ष कुल आचार्य, एसोसियसनका संस्थापक तथा निर्वतमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेना, एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटा, एनआरएनए युकेका अध्यक्ष योग फगामी, सुर्य गुरुङ, रामशरण सिम्खडा, व्यवसायी कमल भण्डारी, दयानिधी सापकोटा, रण बहादुर केसी, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, नेप्लिज क्याटरिङ एसोसियसन युकेका अध्यक्ष विजय थापा, वरिष्ठ सेफ तथा समाजसेवी ध्रुव केसी, प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, शान्ति नेपाली समाज बर्मिङघमका अध्यक्ष लिला बहादुर थापा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम लुईँटेल लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सन् २०१२ मा स्थापना भएको उक्त सेफ एसोसियसनमा लण्डनबाहेक आसपास र लिभरपुल, मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स लगायतबाट झण्डै ७ सय सेफहरु आवद्ध रहेको बताइएको छ ।पर्वत धाइरिङका आचार्य लामो समयदेखि युकेमा कार्यरत रहेका छन् ।

वि.सं.२०७५ चैत २६ मंगलवार १३:४९ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...