back
CTIZAN AD

जनसम्पर्क समिति बेल्जियमका निर्वतमान उपाध्यक्षद्धारा संयोजकमाथि कारबाहीको माग

वि.सं.२०७५ चैत २६ मंगलवार

600 

shares

२६ चैत, काठमाडौं । जनसम्पर्क समिति बेल्जियमका निर्वतमान उपाध्यक्ष कमल सिटौलाले अधिबेशन आयोजक तर्द समितिकी संयोजक सीता सापकोटामाथि अनुशासनको कारबाहीको माग गरेका छन् ।

यतिबेला जनसम्पर्क समिति बेल्जियमको विवाद चरम रुपमा अघि बढ्दै गएको छ । चौथो अधिबेशनपछि एउटै समिति दुई चिरामा विभाजित भएपछि बढ्दै गएको विवादलाई मिलाउनका लागि प्रयास गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले दुवै समिति बिघटन भएको जानकारी दिदै पाँचौ अधिबेशन गर्नका लागि निर्देशन दिएका थिए ।

उनले वर्तमान सभापति सीता सापकोटाको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरेर दुवै पक्षमा पदाधिकारीलाई विभिन्न जिम्मेवारी समेत दिएका थिए । तर, उक्त निर्देशनपछि पनि संस्थामा विवाद नसकिएको र एकअर्काप्रति आरोप प्रत्यारोप चलिरहेका छ । यसै सिलसिलामा निर्वतमान उपाध्यक्ष कमल सिटौलाले संयोजक सापकोटामाथि अनुशासनको कारबाहीको माग गरेका छन् ।

उनले पाँचौ अधिबेशनका लागि सापकोटाकै संयोजकत्वमा मूल समारोह समिति गठन भइसकेको र संस्थाको हितका लागि अधिबेशनमा जान सबै तयार भइसकेको अवस्थामा
पनि सापकोटाले एकता र अधिबेशन नचाहेको स्पष्ट भएको बताउँदै अनुशासनको कारबाहीको दायरामा ल्याउन समेत आग्रह गरेका छन् ।

‘चौथो अधिवेशनबाट निर्वाचित (तीव्र विवादित भएपनि ) सभापति कै संयोजकत्वमा दोस्रो पक्षलाई समेत समेटी अधिवेशन गर्न गराउन भनि यहाँले दिएको निर्देशनलाई चित्त नवुझी नवुझी पनि संस्थाको हीत र वृहतर एकताको लागि स्विकार गर्न कोसिस गर्दा गर्दै सो निर्णयलाई समेत संयोजक स्वयंले चुनौति दिंदै नमान्ने गतिविधि निरन्तर गरेको पाइएबाट निजले संस्थाको एकता र अधिवेशन नचाहेको स्पष्ट भएको हुँदा नीजलाई अनुशासनको कारवाहीको दायरामा ल्याउन आग्रह गर्दै चौथो अधिवेशन बाट सबैभन्दा बढी मत प्राप्त गरि निर्वाचित उपाध्यक्षको हैसियतमा म आफू संयोजक रही समयमै अधिवेशन गर्न तैयार रहेको हुँदा उक्त जिम्मेवारी प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।’ काग्रेस केन्द्रीय सदस्य किरण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्रमा उनले भनेका छन् ।

उनको पत्र जस्ताको तस्तै
‘जय नेपाल
कमल सिटौला
निवर्तमान उपाध्यक्ष
जसस वेल्जियम

श्रीमान किरण पौडेलज्यू,
आमन्त्रित केन्द्रीय सदस्य नेपाली कांग्रेस तथा
जनसम्पर्क समिति वेल्जियमको विवाद समाधानका
लागी केन्द्रीय प्रतिनिधि !

विषय ः जिम्मेवारी प्रदान गरि दिनु हुन अनुरोध

जनसम्पर्क समिति वेल्जियममा चौथो अधिवेशनबाट निर्वाचित सभापति सीता सापकोटाले संगठनका हित विपरीत निरन्तर क्रियाकलाप गरेकै कारण अन्तत ः संस्था तीव्र विवादका बावजुद औपचारिक रुपमै विभाजित भएको जग जाहेर नै छ । जस सम्वन्धमा छानविन गरि उपर्युक्त निकास सहित सबैमा एकताको आभाष दिलाउने वातावरण तय गरि पाँचौं अधिवेशनको लागि अनुकूल परिस्थिति निर्माण गर्न केन्द्रीय प्रतिनिधिज्यूबाट भएगरेका प्रयत्नहरु को सम्मान गर्न चाहन्छु ।

यद्यपी वहुसंख्यक वेल्जियमवासी प्रजातन्त्रबादी साथीहरुले विवादित दुवै समितिको नेतृत्वमा अधिवेशन संभव एवं स्वीकार्य छैन भनि कारण सहित आफ्नो मत राख्दा राख्दै पनि चौथो अधिवेशनबाट निर्वाचित (तीव्र विवादित भएपनि) सभापति कै संयोजकत्वमा दोस्रो पक्षलाई समेत समेटी अधिवेशन गर्न गराउन भनि यहाँले दिएको निर्देशनलाई चित्त नवुझी नवुझी पनि संस्थाको हीत र वृहतर एकताको लागी स्विकार गर्न कोसिस गर्दा गर्दै सो निर्णयलाई समेत संयोजक स्वयंले चुनौति दिंदै नमान्ने गतिविधि निरन्तर गरेको पाइएबाट नीजले संस्थाको एकता र अधिवेशन नचाहेको स्पष्ट भएको हुँदा नीजलाई अनुशासनको कारवाहीको दायरामा ल्याउन आग्रह गर्दै चौथो अधिवेशनबाट सबैभन्दा बढी मत प्राप्त गरि निर्वाचित उपाध्यक्षको हैसियतमा म आफू संयोजक रही समयमै अधिवेशन गर्न तैयार रहेको हुँदा उक्त जिम्मेवारी प्रदान गरिदिनुहुन अनुरोध गर्दछु !’

जय नेपाल
कमल सिटौला
निवर्तमान उपाध्यक्ष
जसस वेल्जियम

जनसम्पर्क समिति बेल्जियमका दुवै समिति बिघटन

वि.सं.२०७५ चैत २६ मंगलवार १५:५६ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...