back
CTIZAN AD

‘बरु एनआरएनएबाट बाहिरीन्छु तर भ्रष्ट र ठगहरुको विरुद्ध सफाइ अभियानमा लाग्छु’

वि.सं.२०७५ चैत २६ मंगलवार

510 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष विजय मोक्तानले पर्यो भने आफू संस्थाबाट बाहिरीने तर एनआरएनएभित्र ठग र भ्रष्टहरुको सफाइ अभियानमा लाग्नबाट पछाडि नहट्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन् ‘भ्रष्ट ठगी एन आरएनहरु बिरुद्द सरसफाई अभियानमा सबैको साथ र सहयोगको अपेक्षा राख्दछु ।’

उनले नेपालबाट आएका कामदारहरु, विशेष गरी कुकहरुलाई श्रम शोषण गरेको, कम तलबमा काम लगाएको भन्दै एकपछि अर्को नेपाली मालिकहरु गिरफ्तार भएको समाचारप्रति दुःख मनाउँ गरेका छन् ।

उनले इमान्दार गोर्खा नेपालीको परिचय बनाएको नेपालीले केही समय बाढीपीडितको रकम मात्र हिनामिना गरेको समाचार आउने गरेकोमा हाल अपराधिक गतिबिधिमा संलग्न हुँदै कर छली गर्ने, मानब तस्कर र श्रम शोषण गर्ने नेपालीको परिचय बनाएको देख्दा दुःख लागेको पनि सामाजिक संजाल फेसबुकमा जनाएका छन् ।

उनले जर्मनीभित्र पनि यस्तो समस्याबाट कोही पीडित छन् भने सप्रमाण आउन अनुरोध गर्दै भनेका छन् ‘यदी जर्मनीभित्र पनि यस्तो अन्यायको समस्याबाट पीडित कोहि हुनु भएको छ भने कृपया प्रमाण सहित गैर आवासिय नेपाली संघ जर्मनी वा नेपाली दूताबासमा संपर्क गरी उजुरी दिनु होला । हामी तपाईंको साथमा छौ । तपाईलाई न्याय दिलाउन काम हामी गर्ने छौ ।’
यसै विषयलाई लिएर संसारन्युजले मोक्तानसँग कुराकानी गरेको थियो ।

‘तपाइले त आफ्नै संस्था विरुद्ध जेहाद छेड्नु भयो नि ? ’ भनेर गरेको प्रश्नमा उनले भने, ‘यस्ता क्रियाकलापका कारण संस्थामात्र नभएर संस्थाभित्रका इमान्दार साथीहरुको पनि बदनाम भएकोले सफाइ अभियान अब जर्मनीबाट सुरु हुन्छ ।’

उनले पहिले भूकम्प पीडित र बाढीपीडितको पैसा हिनामिना गरेको आरोप खेपिरहेको अवस्थामा अहिले मानब बेचबिखन र नेपाली कामदारहरुमाथि श्रम शोषण गरेको आरोपहरु धेरै लागिरहेको र नेपालीहरुकै बेइज्जत भएको बताएका छन् ।

‘मैले सुरु गर्न थालेको अभियानलाई साथीहरुले अवरुद्ध गर्न खोज्नुहुन्छ र प्रमाण माग्नुहुन्छ भने म दिन तयार छु,’ संसारन्युजसँग उनले भने, ‘तर, सफाइ अभियान एउटाले त सुरु गर्नुपर्यो नि भनेर मैले सुरु गर्न थालेको हुँ । अरु एनसीसीका साथीहरुले पनि संस्थाभित्र मौलाउँदै गएको बिकृति विरुद्ध बोल्नुहुन्छ र आ–आफ्ना देशबाट आवाज उठाउनुहुन्छ भन्ने आसा छ ।’

‘यहाँ त, मेरो छोरो युरोप लैजान्छु भनेर फलानाले यति पैसा खाइदियो भनेर परिवारले रुदै पैसा उठाइदिन गरेको अनुरोध हामीसँग धेरै आएका छन्,’ अध्यक्ष मोक्तानले भने, ‘यस्ता ठग र भ्रष्टबाट अरु नठगिउन भन्ने हो हामीसँग सप्रमाण उजुरी आएको छ ।’

नेपालमा आइपरेको विभिन्न समस्यामा एनसीसीहरुलाई पैसा उठाउन लगाउने, पैसाको हिसाब चुस्त दुरुस्त नराख्ने, भूकम्प पीडितका लागि भनेर विभिन्न देशका विभिन्न सहरमा बक्सहरु राखेर चन्दा उठाउने त्यसको पारदर्शीरुपमा हिसाव एनसीसीहरुलाई नभन्ने, आफू हिरो बन्ने, कति पैसा उठ्यो भनेर सहि नबताउने लगायतका आरोपहरु पनि अध्यक्ष मोक्तानले लगाएका छन् ।

‘पैसा कति उठ्यो भन्दा २० लाख उठ्यो भन्ने कसरी ठ्याक्कै २० लाख हुन्छ, युरो र नेपाली कसरी मिल्छ, ठ्याक्कै यति भनेर जवाफ दिन किन नसक्ने एनसीसीहरुलाई,’ आक्रोस पोख्दै उनले भने, ‘मलाई संस्थामा रहेर कुनै लाभ लिनु छैन्, नेपालीहरुको दुःख पीडामा केही गर्न सकिन्छ कि, भनेर लागेको हो, साथीहरुले संस्थाबाट हटाउनुहुन्छ भनेपनि केही दुःख छैन्, तर हाम्रा संस्थाका साथीहरुबाट भएको मानब तस्करी र श्रम शोषण अनि आर्थिक अपारदर्शी सैह्रय हुदैन, संस्था बचाउनका लागि पनि हामीले सबै देशबाट आवाज उठाउनै पर्छ ।’

उनले जर्मनीमा मानब तस्करी गर्नेमा ईण्डिया र नेपाली पहिलो नम्बरमा रहेको समाचारहरुमा आइसकेको बताउँदै कागजका लागि विदेशीसँग विवाह गराइदिने, २–३ वर्ष सम्ममा ती व्यक्तिसँग १० देखि २० लाख रुपैयाँ सम्म लिने र कतिपय दलालले त नेपाली चेलीहरुको शारीरिक तथा यौन शोषण समेत गरेको जर्मनीका नेपालीबीच छिपेको छैन । अध्यक्ष मोक्तानको आरोप छ ।

‘नेपाली चेलीले दलालले मागेको पैसा दिएनन् भने, दलालहरुले उनीहरुमाथि हिंसा गर्ने, प्रहरी पठाउँछु भनेर यातना दिने र आफै पनि बिहे गर्ने लगायतका अनैतिक कार्यहरु गरेको पाइएको छ ।’ अध्यक्ष मोक्तानले भने ।

उनका अनुसार यस्तो सम्म छ कि, पेपर पैसाका लागि आफन्ै श्रीमान श्रीमतीबीच डिभोर्स गरेर कागजी बिहे गर्ने गराउने पनि धेरै छन् ।

विवाह गराएर पैसा असुल्ने युरोपका एक नम्बरका नाइके युरोपका कुनै जेलमा रहेको पनि उनले बताए ।

वि.सं.२०७५ चैत २६ मंगलवार १७:३६ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...