back
CTIZAN AD

स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म

वि.सं.२०७५ चैत २७ बुधवार

828 

shares

२७ चैत, काठमाडौ । शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिएका छन् ।

नगरपालिका भरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको नगरपालिकाले जनाएको छ ।
पाठ्यक्रममा नगरपालिकाको भौगोलिक तथा प्राकृतिकस्वरुपको पहिचान, नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको जानकारी, स्थानीय जात्रा, चाडपर्व, मेला, स्थानीय तहमा सञ्चालित उद्योगधन्दा, पेशा व्यवसायको परिचयलगायत विषयवस्तु समावेश गरिएको स्थानीय विषयको पाठ्यक्रम निर्माण समितिका संयोजक कृष्णप्रसाद नेपालले बताए ।

राजधानीको उत्तरपूर्वी भागमा रहेको नगरपालिकामा ऐतिहासिक तथा धार्मिक हिसाबले महत्वपूर्ण शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको केही क्षेत्र, सुन्दरीजल, तारेभीर जस्ता मनमोहक पर्यटकीय क्षेत्र छन् । वाग्मती नदीको मुहान बागद्वार, गोकर्णेश्वर महादेव मन्दिर पनि यसै नगरपालिकामा रहेको छ । उपत्यकाको सभ्यताको स्रोतका रुपमा बग्ने वाग्मतीको शिरोभाग गोकर्णेश्वर नगरक्षेत्र भएर पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रवेश हुन्छ ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई करीब १० वर्ष बन्दी बनाइएको सुन्दरीजल बन्दी गृह हालको बिपी सङ्ग्रहालय पनि नगरपालिकाको वडा नं १ वडामा पर्छ । नेपाली साहित्य क्षेत्रमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तन गर्ने कथाकारका रुपमा चर्चित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चश्मा कथा सङ्ग्रह बाहेकका सबै साहित्यिक कृतिको रचना बन्दीगृहमै भएको हो । सङ्ग्रहालयका रुपमा परिणत गरेपछि यसलाई साहित्य, राजनीति र दर्शनको त्रिवेणीधामका रुपमा विकास गर्न लागिएको छ ।

प्रगतिशील साहित्यकार विकलको जन्मस्थान समेत यसै नगरपालिका– ९ स्थित आरुबारीमा पर्छ । हाल उहाँको जन्मघरमा विकल साहित्य प्रतिष्ठान र सङ्ग्रहालय निर्माण गरिएको छ । विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्नेदेखि तराई–मधेश आन्दोलसम्मको परिवर्तनका लागि योगदान गरी सरकारले शहीद घोषणा गरेकाको स्मृतिमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्कका विषय पनि पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेश गरिएको छ ।

यसैगरी योग अभ्यासको विषय पनि पाठ्यक्रममा समावेश गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको उपत्यका प्रवेशद्वार, पानी सञ्चय गरी प्रशोधन गर्ने अत्याधुनिक पोखरी जस्ता महत्त्वपूर्ण धरोहर पनि यहीँ छन । यहाँको धार्मिक धरोहर, कला संस्कृति र सभ्यता, सामाजिक मूल्यमान्यता आधुनिक विकासले ओझेलमा पार्दै जान थालेका थिए ।

पश्चिमा सभ्यता र संस्कृतिले यहाँका मौलिकतालाई पाखा लगाउँदै जान थालेकामा आधारभूत तहकै पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन शुरु गरेपछि संरक्षण हुने विश्वास लिइएको छ ।
नगरपालिकाभित्र बस्ने नागरिकलाई गोकर्णकै परिचय नहुने अवस्था सिर्जना हुन थालिसकेकाले यहाँको मौलिक र संस्कृतिक धरोहरलाई भोलिका पुस्ताले इतिहासका पानामा खोज्नुपर्ने अवस्था आउन नदिन आधारभूत तह ९कक्षा १ देखि ८० को पाठ्यक्रमले भूमिका खेल्ने उहाँको विश्वास छ ।

“मौलिकता, कला, धर्म, भाषा ,संस्कृति, भौगोलिक तथा प्राकृतिक पहिचान गराउँदै आफ्नोपन, सामाजिक मूल्य मान्यताको संरक्षण र संवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यबाट प्रेरित भई स्थानीय विषयको आधारभूत तह कक्षा १–८ को पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक निर्माण गरिएको छ, जुन आगामी वैशाखदेखि शुरु हुने शैक्षिक सत्रदेखि नै लागू हुँदैछ”, संयोजक नेपालले भने ।

पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम पारुप २०६३ तथा आधारभूत शिक्षा कक्षा ६–८ पाठ्यक्रम २०६९ मा गरिएको व्यवस्थाको अधिनमा रही तयार पारिएको जनाइएको छ । यसमा १०० पूर्णाङ्कको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने भनी व्यवस्था गरिएको छ ।

यसैलाई आधार मानी यो पाठ्यक्रम तयार पारिएको समितिले जनाएको छ । गत मङ्सिरदेखि विभिन्न चरण पूरा गरी पाठ्यक्रम निर्माण गरिएको हो । यसक्रममा सांसद कृष्ण राई, नगरप्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत शिक्षाविद् रहेको सल्लाहकार समितिको पनि सुझाव लिइएको समिति सदस्य दीपकसिंह भण्डारीले बताए ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवीहरुको भेला बोलाई प्रस्तुत मस्यौदामाथि समूहगत रुपमा छलफल गराई सुझाव सङ्कलन गरिएको थियो । प्राप्त सुझाव समेतका आधारमा परिमार्जन गरी पाठ्यक्रम विकास केन्द«का विज्ञसँग पनि परामर्श गरी यसलाई अन्तिमरुप दिइएको हो ।

स्थानीय विषयको पाठ्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा पाठ्यक्रमका सैद्धान्तिक पक्ष छ । सैद्धान्तिक पक्षका लागि पूर्णाङ्क ५० र प्रयोगात्मक पक्षका लागि पूर्णाङ्क ५० निर्धारण गरिएको जनाइएको छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १३:३४ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...