back

शेयर बजार स् सामान्य बिन्दुले घट्यो

वि.सं.२०७५ चैत २८ बिहीवार

30 

shares

२८ चैत, काठमाडौँ :  लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.५९ बिन्दुले घटेर एक हजार १८४.०२ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले बढेर २५३.६४ बिन्दुमा पुगेको छ । कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता शेयर रु ३९ करोड ६४ लाख २१ हजार ५०१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । होटल ११.४८, वित्त ३.४२, उत्पादन ३१.८५ र अन्य उपसमूह ३.०३ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ०.५५, विकास बैंक १.२९, जलविद्युत् ०.३८, निर्जीवन बीमा ५.७२, लघुवित्त ०.०३, जीवन बीमा ९.१३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ६३ लाख नौ हजार २१७, एनएमबी बैंक रु तीन करोड सात लाख आठ हजार ५८४, एनआइसि एशिया बैंक रु दुई करोड ५६ लाख ४७ हजार ३८४, नेपाल बैंक लिमिटेड रु एक करोड ५८ लाख एक हजार ११० र प्रभु बैंक रु एक करोड ४२ लाख ९२ हजार ८६ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९२ प्रतिशतले कमाए । यस्तै एनएजी इन्स्योरेन्स कम्पनी ४.८८, सगरमाथा इन्स्योरेन्स ३.०१, मितेर डेभलपमेन्ट बैंकका शेयरधनीले २.९८ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रोपावरका शेयरधनीले ८.६४ प्रतिशतले गुमाए । जानकी फाइनान्स ४.६२, युनिलिभर नेपाल लिमिटेड ३.९५, भागर्व विकास बैंक ३.४८ र युनाइटेड फाइनान्सका शेयरधनीले ३.४६ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार १७:१७ मा प्रकाशित

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा...

काठमाडौंको टेकुमा सिटिजन्स बैंकको १८९ औं शाखा टेकुमा संचालन

काठमाडौंको टेकुमा सिटिजन्स बैंकको १८९ औं शाखा टेकुमा संचालन

काठमाडौं । विगत डेढ दशकदेखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित...

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

सुनले नयाँ रेकर्ड कायम गर्यो, आज कति छ त बजार भाउ ? 

सुनले नयाँ रेकर्ड कायम गर्यो, आज कति छ त बजार भाउ ? 

काठमाडौँ । आज पनि सुन नयाँ रेकर्ड राखेको छ ।...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...