back
CTIZAN AD

शेयर बजार स् सामान्य बिन्दुले घट्यो

वि.सं.२०७५ चैत २८ बिहीवार

720 

shares

२८ चैत, काठमाडौँ :  लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.५९ बिन्दुले घटेर एक हजार १८४.०२ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले बढेर २५३.६४ बिन्दुमा पुगेको छ । कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता शेयर रु ३९ करोड ६४ लाख २१ हजार ५०१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । होटल ११.४८, वित्त ३.४२, उत्पादन ३१.८५ र अन्य उपसमूह ३.०३ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ०.५५, विकास बैंक १.२९, जलविद्युत् ०.३८, निर्जीवन बीमा ५.७२, लघुवित्त ०.०३, जीवन बीमा ९.१३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ६३ लाख नौ हजार २१७, एनएमबी बैंक रु तीन करोड सात लाख आठ हजार ५८४, एनआइसि एशिया बैंक रु दुई करोड ५६ लाख ४७ हजार ३८४, नेपाल बैंक लिमिटेड रु एक करोड ५८ लाख एक हजार ११० र प्रभु बैंक रु एक करोड ४२ लाख ९२ हजार ८६ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९२ प्रतिशतले कमाए । यस्तै एनएजी इन्स्योरेन्स कम्पनी ४.८८, सगरमाथा इन्स्योरेन्स ३.०१, मितेर डेभलपमेन्ट बैंकका शेयरधनीले २.९८ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रोपावरका शेयरधनीले ८.६४ प्रतिशतले गुमाए । जानकी फाइनान्स ४.६२, युनिलिभर नेपाल लिमिटेड ३.९५, भागर्व विकास बैंक ३.४८ र युनाइटेड फाइनान्सका शेयरधनीले ३.४६ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार १७:१७ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...