back
CTIZAN AD

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

वि.सं.२०७५ चैत २९ शुक्रवार

678 

shares

२९ चैत, लहान । प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका-२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ स ६ प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध सुनसहित राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

यसैगरी प्रहरीले लहान नगरपालिका-३ स्थित ठाडी चोकबाट लागुऔषधसहित उदयपुरको गढी गाउँपालिका-७ निवासी २६ वर्षीय भरत तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङको साथबाट लागुऔषध फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल, डाइजिल्याब ६० एम्पुल र नाइट्रोजन ७५ चक्की बरामद भएको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १२:१९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...