back

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

वि.सं.२०७५ चैत २९ शुक्रवार

39 

shares

२९ चैत, लहान । प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका-२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ स ६ प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध सुनसहित राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

यसैगरी प्रहरीले लहान नगरपालिका-३ स्थित ठाडी चोकबाट लागुऔषधसहित उदयपुरको गढी गाउँपालिका-७ निवासी २६ वर्षीय भरत तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङको साथबाट लागुऔषध फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल, डाइजिल्याब ६० एम्पुल र नाइट्रोजन ७५ चक्की बरामद भएको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १२:१९ मा प्रकाशित

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट...