back
CTIZAN AD

छ महिनाका लागि बन्द भए उपल्लो डोल्पाका विद्यालय

वि.सं.२०७३ कात्तिक २४ बुधवार

825 

shares

२४ कात्तिक, डोल्पा। जिल्लाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् ।

कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले छ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको हो ।

चिसोले विद्यार्थी स्कुलमा आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको र यतिखेर बन्द भएका विद्यालय आउँदो वैशाख पहिलो साता मात्र खुल्ने विद्यालय निरीक्षक वीरबहादुर धामीले बताउनुभयो ।

जाडो बढेसँगै उपल्लो डोल्पाका साल्दाङ, भिजेर, तिन्जे, मुकोट, छार्का, धोलगायतका छ गाविसका सर्वसाधारण पशु चौपायसहित तल्लो डोल्पा झर्न थालिसकेका छन् ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०९:३७ मा प्रकाशित

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...