back

महिलालाई आकर्षित गर्ने पुरुषका पाँच बानी

वि.सं.२०७६ वैशाख २ सोमवार

45 

shares

सम्बन्धमा सधै राम्रो र सधै नराम्रो भन्ने हुँदैन् । एकअर्काको कतिपय भावना अनि चाहनाको सम्मान गर्दै अगाडि बढेमा सम्बन्धलाई सफल बनाउन  सकिन्छ । त्यसो त महिलाहरू आफ्नो जीवन साथीले स–साना कुरामा पनि ख्याल गरिदिओस् भन्ने चाहना राख्छन् ।

धेरै श्रीमान श्रीमतीविच माया बढी दर्शाउने वा देखाउने शब्द हो ‘आइलभयु’ । धेरैले‘आइलभयु’ भन्दा सम्बन्धमा अझ विश्वास थपिने मान्यता राख्छन् । तर, त्यसका अलावा अरु पनि गर्न सकिन्छ । मायालु पाराको स्पर्श, विहानको समयमा चुम्बन लगायतले पनि आफ्नो जीवनसाथीको मन जित्न सकिन्छ । तपाईको साथीलाई पनि बोली भन्दा तपाईले गरेको स्पर्श बढी मनपर्न सक्छ । आउनुहोस् जानौ महिलालाई आकर्षित गर्ने पुरुषहरूका यी बानीहरू:

तपाईमा कस्तो परिवर्तन चाहान्छिन त ?

जानी नजानी धेरैपटक तपाईको बानीले तपार्ईको पार्टनरले असहज महशुस गरेकी हुन्छिन् । त्यसकारण पनि तपाईले आफ्नो साथीलाई सोध्नु जरुरी हुन्छ कि, के गर्दा उनलाई सहज महशुस हुन्छ । यस्तो अवस्थामा तपाईको पार्टनरलाई भन्न सजिलो हुन्छ कि, तपाईमा उनले कस्तो परिवर्तनको अपेक्षा राखेकी हुन्छिन भन्ने । तपाईको साथीलाई नराम्रो लाग्ने कुराहरू गर्नबाट यसले तपाईलाई बचाउने र सम्बन्धमा नयाँपन ल्याउनुका साथै उत्साह जगाउँछ ।

कहाँ जाने मन छ ?

आर्थिक कारणले तपाई आफ्नो पार्टनरलाई विदेशमा घुमाउन लैजान सकिरहनु भएकोछैन । आर्थिक अभावका कारण पनि खुसीहरू टाढा भाग्छन् भनेजस्तै आर्थिक पीडाले पनि दम्पत्तीको मुहारबाट खुसी खोसिएको हुन्छ भन्दा फरक  नपर्ला । तर, तपाई आफ्नो साथीलाई सपिङ मल, घुम्नका लागि कतै गार्डेन वा रमाइलो ठाउँमा पनि लैजान सक्नुहुन्छ । नेपालमा शनिबार बिदा हुने भएकोले शुक्रबार राति नजिकको कुनै रिर्सोट वा कुनै होमस्टे रहेको ठाउँमा बास बस्ने गरी जान सक्नुहुन्छ । त्यसबाट उनलाई खुसी बनाउन  सक्नुहुन्छ । यसले पनि तपाईको दाम्पत्य जीवनमा अझै उत्साह थप्छ ।

मेरो साथ तिमीलाई कस्तो लाग्छ ?

हुन त कमै दम्पत्तीमा यस्तो प्रश्न पुरुष वा महिलाले गर्छन् । बिहेपछि मेरै हो वा प्रेमपछि मेरै हुने हो भन्ने मानसिकताले बढी गाँजेको पुरुषमनमा घर बनाउनाले ‘अब मेरै त हो नि’ भनेर खासै ख्याल गर्दैनन् । तर पनि सम्बन्ध भनेको हरेक पटक सम्झौता गर्दै अघि बढ्नुपर्छभनिन्छ । त्यसैले आफ्नो साथीको हरेक पल ख्याल गर्नु पर्नेहुन्छ । त्यसैले सम्बन्ध अगाडि बढाउँदै लैजाने क्रममा तपाईले यो सोध्न जरुरी हुन्छ कि, तिमीलाई मेरो साथ कस्तो लागेकोछ ? यसले पनि तपाईको सम्बन्ध अझ बलियो बनाउन सहयोग गर्दछ ।

माया अघि बढाउनका लागि के गरुँ ?

यस्तो प्रश्नले तपाईको साथीलाई केही समय अचम्म त बनाउँछ । यदि तपाईको साथीबीच तपाईको सम्बन्ध राम्रो रहेको छ र उनी खुसी छन् वा उनलाई बोल्ने स्वतन्त्रताको भरपुर उपयोग गर्न दिनु भएको छ भने उनले तपाईलाई जरुर भन्नेछिन् कि, यस्तो गर्नुस् भनेर । अन्यथा उनले मनमनै मलाई यसरी माया गरिदिए हुन्थ्यो, यस्तो गरेमा मायाको डोरी अझ लामो बनाउँदै जान सकिन्थ्यो भनेर सबैकुरा मनभित्रै गुम्साएर मात्र राख्नेछिन् ।

के गरौं, जो कहिले नगरेको होस् ?

यसले तपाई दुवैजनालाई उत्साहित गरिदिन्छ । तपाई यस्ता फरक विषयमा सोचिरहनुहुन्छ कि, जबसम्म तपाई दुवैजना सहि नतिजामा पुग्नुहुन्न, कोशिष गर्नुहोस् कि, जसले तपाईको साथी र तपाईलाई अझ नजिक बनाओस् ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०९:३४ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले...

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...