back
CTIZAN AD

भारतीय इन्ट्रेस्ट विपरीत भैरहवा अन्तिम चरणमा, के निजगढ बन्ला त ?

वि.सं.२०७६ वैशाख २ सोमवार

612 

shares

२ बैशाख, काठमाडौ । परोक्ष वा प्रत्यक्ष भारतीय अड्चनका बाबजुद गौतमवुद्ध क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । भारतीय संस्थापनको गोरखपुर आसपासमा ठुला विमानस्थल बन्न नदिने अदृश्य निति उक्त विमानस्थल निर्माण सम्पन्न भएसँगै असफल हुने पक्का भएको छ ।

भारतीय वायु सेनाको महत्वपुर्ण ‘एयर वेस’ रहेको गोरखपुर बाट गौतमवुद्ध विमानस्थल भैरहवा जम्मा १३८ किमी टाढा रहेको छ । भारतीय सीमानामा चिनिया कम्पनीले निर्माण गरीरहेको उक्त विमानस्थल प्रति लामो समयदेखिनै भारतीय पक्ष असन्तुष्ट रहदै आएको थियो । आफ्नो महत्वपुर्ण ‘एयर वेस’ मा ट्राफिक समस्या श्रृजना हुन सक्ने भन्दै भारतीय पक्षले असन्तुष्टि जनाइरहदा पनि नेपाल सरकारले वुद्ध जन्मस्थल लुम्बीनीको पर्यटकिय प्रवर्धनका लागि विमानस्थल निर्माण कार्य अगाडी बढाएको थियो ।

उक्त विमानस्थलको चार लेयरको पीच मध्ये अन्तीम पीच निर्माण भइरहेको छ । धावनमार्गको पीच अन्तीम चरणमा पुगेकोले आगामी पर्यटकिय सीजन सम्म उक्त विमानस्थलबाट अन्राष्ट्रिय उडान हुन सक्ने बताइएको छ ।

विमानस्थल सन्चालनमा आएपछि वोइङ्ग ७५७ र एयरवस ३३० जस्ता ठुला हवाइजहाज ल्यान्डीङ गर्न सक्ने उक्त विमानस्थलको लागत भने ६ अर्ब २२ करोड ५२ लाख रुपियाँ रहनेछ ।

निजगढ बन्न नदिने भारतीय दाउ

भारतीय इन्ट्रेस्ट विपरीत भैरहवा विमानस्थल बनेको छ । भारतीय संस्थापन अर्को अन्तराष्ट्रिय विमानस्थल आफ्नो सीमा नजिक नबनोस भन्ने चाहान्छ । यसैको परीणाम हो निजगढ विमानस्थल निर्माणमा सुरु गरीएका विभिन्न बखेडा । भारतको कन्या कुमारी देखि काश्मीर सम्म सैन्य उडान भर्ने गोरखपुर ‘एयर वेस’ मा हवाइ ट्राफिक उत्पन्न हुने र अन्तराष्ट्रिय गुप्तचर एजेन्सीले आफ्नो सैन्य शक्ती माथि गुप्त निगरानी गर्न सक्ने भन्दै भारतीय संस्थापन नेपालको दक्षीणी सीमा आसपासमा अन्तराष्ट्रिय विमानस्थल नबनुन भन्ने चाहान्छ ।

नेपालको तराइको पहिचानलाई अन्तराष्ट्रिय कनेक्टीभीटी नहोस भन्ने भारतको पुरानै चाहाना हो । तराईलाई उल्झनमा राख्न सके तराई कार्ड मार्फत नेपाल माथि सधै दबाब राख्न सकिने पुरानै सोचमा भारतीय संस्थापन लाग्ने गरेको पाइन्छ ।
तराई क्षेत्रमा अन्तराष्ट्रिय कनेक्टीभीटी बढ्ने भएकोले भारत नेपालको दक्षीणी क्षेत्रमा अन्तराष्ट्रिय विमानस्थल नबनोस भन्ने चाहान्छ । यसैको परीणाम हो निजगढ माथि भइरहेको नकारात्मक प्रचार पनि ।

नेपाल काठमाडौमै खुम्चीयोस

भारतले बाहिर नबोले पनि उसको रणनिति नेपाल काठमाडौमै खुम्चीयोस भन्ने छ । काठमाडौ बाहिर अन्तराष्ट्रिय विमानस्थल बन्दा हवाइ उड्डयनको विकेन्द्रीकरण हुने र ती ठाउँको आर्थिक विकास समान रुपमा हुने हुदाँ असमानता घट्ने पक्का छ ।
त्यसैले भारत पोखरामा पनि अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने सोचमा रहिरहेको छ । यसमा सहायक बनिरहेका छन । भारतीय प्रभावमा काम गर्ने कर्मचारी, नेता र ठेकेदार पनि ।

वि.सं.२०७६ वैशाख २ सोमवार १०:०९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...