back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वि.सं.२०७६ वैशाख २ सोमवार

642 

shares

२ वैशाख, गौशाला ।  बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी जिल्लाको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । सोही दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै मोटरसाइकल चालक २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते भई उनको उपचार बर्दिवासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

काठमाडौँबाट स ८ प ४३७६ नम्बरको मोटरसाइकलमा चढी दुवै जना सप्तरी जाँदै गर्दा बर्दिवास नपा–३ कालापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा ल्याई उपचार गरिरहेको क्रममा मोटरसाइकलको पछाडि सवार जीतेन्द्रको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

लागुऔषधसहित तीन जना पक्राउ

यसैगरी भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका-९ बस्ने देवकृष्ण महतो, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका-१ बस्ने रामदेव महतो र वडा नं २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतबाट कन्हमा बजारबाट ज ९ प ६३७१ नम्बरको मोटरसाईकलमा तीन जना बसी जिल्लाको सम्सी गाउँपालिकामा आउँदै गर्दा सीमानाकामा रहेका प्रहरी चौकी सम्सीका प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट ६०० पिस नाइट्रोभेट लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

वि.सं.२०७६ वैशाख २ सोमवार १०:३६ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...