back
CTIZAN AD

नयां बर्ष २०७६ को उपलक्ष्यमा कोलोराडोमा नेपाल डे परेड सम्पन्न

वि.सं.२०७६ वैशाख २ सोमवार

597 

shares

२ बैशाख, कोलोराडो, अमेरीका । नेपाली नयां बर्ष २०७६ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् ।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ≈याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा महाबाडिज्य दुत प्रेमराजा महतको प्रमुख अतिथ्यता र बोल्डर नगरका मेयर सुजन जोन्सको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पर्यटन दुत साबु गदाल, स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमेबाजाको तालमा नेपाली गीत गाउंदै, शुभकामना साटासाट गर्दै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए भने, कोही आÏनो जातीय भेष भूषा, संस्कृती झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भुमीमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो ।

बालक, बृद्ध सबै उमेर समुहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका स्थानिय दर्शकहरुले हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आफ्ना दौतरी संग आफ्ना रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।

नगर परिक्रमा गर्नु अगाडी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रेमराजा महतले नेपालीको शिर उच्चा पार्ने यस्तो गौरवशाली महत्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुन पाएकोमा आफु धेरै हर्षित भएको बताए । उनले अमेरीकामा नेपाल डे परेड भनेर नेपाल चिनाउने कार्यक्रम कोलोराडो बासीले पहिला शुरुगरेकोमा कोलोराडो बासी नेपालीलाई धन्यवाद दिए । उनले आगामी बर्षदेखी दुईदिने कार्यक्रम नराखी नेपाली साङ्गीतिक कार्यक्रम, नेपाली कला संस्कृती झल्कने सामग्रीका स्टल, नेपाली खानाका स्टलहरु सबै एकैठाउमा राखी नेपाल डे मनाउन सुझव दिए । यसका लागी आफुले के कस्तो सहयोग गर्नु पर्दछ त्यसकोलागी सधै तयार रहने प्रतिबद्धता जनाए ।

त्ससैगरी बोल्डर नगरका मेयर सुजन जोन्सले कार्यक्रममा सम्बोधन गर्दै नेपालीहरुको नयाबर्षको यस्तो भब्य र सुन्दर कार्यक्रममा सहभागीहुन पाउदा ज्यादै गौरवको अनुभुती भएको भन्दै सबैलाई नयांबर्षको सुभकामना दिईन् ।
त्यस्तै पर्यटन दुत साबु गदालले नयां बर्षको शुभकामना दिदै नेपाल भ्रमण बर्ष २०२० लाई भब्यताकासाथ सफलपार्न सबैलाई यसको प्रचार प्रसार गरिदिन आग्रह गरिन् । त्यसैगरी उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष कुमारजंग कार्की, अन्तराष्ट्रिय साहित्यसमाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेल लगायतका रहेका थिए ।

यसैगरी आयोजक संस्थाका नव निर्वाचित अध्यक्ष बिनोद त्रीपाठीले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रमुख अतिथी प्रेमराजा महतको आगामी बर्ष देखि नयांबर्षका सबै कार्यक्रम स्टल सहित एकैठाउमा आयोजना गर्ने प्रस्ताबलाई कार्यसमितीमा राखी पास गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अन्त्यमा प्रेमराजा महतले “जुनदेशमा गएपनी हामी नेपाली जुन देशमा रहेपनी हामी नेपाली” भन्ने सान्र्दभिक गीत गाएका थिए । त्यस्तै भुटनिज समुदायका भाई बहिनीले नेपाली संगितमा शुन्दर नृत्य प्रस्तुत गरेका थिए भने, कार्यक्रमको संच्ँँलन विनय दाहालले गरेका थिए ।

बोल्डर शहरमा नेपालीहरुको बसोबास बाक्लो हुदैगए पछि यहांका स्थानीयलाई नेपाली भाषा संस्कृती पहिचान गराउन हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठको पहलमा आज भन्दा १५ बर्ष अगाडी “नेपाल डे परेड”को सुरुआत गरिएको थियो । कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नया बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।

वि.सं.२०७६ वैशाख २ सोमवार ११:४० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...