back
CTIZAN AD

हेमजामा २५ लाखको आलुको कारोवार

वि.सं.२०७६ वैशाख २ सोमवार

666 

shares

२ वैशाख, पोखरा ।  विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो ।

गत चैत २२ देखि वैशाख १ गतेसम्म आयोजित सो महोत्वसमा ६५ हजार दर्शकले अवलोकन गरेको झाँकी तथा खरीद-बिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । महोत्सव अन्तर्गत आयोजित राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधिघर पोखरा द्वितीय एवम् दर्पणछायाँ दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भएका थिए ।

त्यसैगरी रत्यौली प्रतियोगितामा नमूना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय र गौरीशङ्कर आमा समूह तृतीय, इन्द्रेणी आमा समूहले सान्त्वना एवम् राधाकृष्ण आमा समूह लुठोमा उत्कृष्ट भई पुरस्कृत भएका थिए ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशले भूउपयोग नीति ल्याउने तयारी गरेको उल्लेख गर्दै जग्गाको खण्डकीकरणलाई निरुत्साहित गर्दै जमीनको वर्गीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका-२५ का अध्यक्ष शोभाकर तिम्सिनाले महोत्सवले हेमजालाई विश्वसामु परिचित गराउन सफल भएको उल्लेख गर्दै कृषि क्षेत्रलाई खण्डीकरण गर्न नदिने स्पष्ट पारेका छन् ।

पूर्वसांसद शारदा पौडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा हेमजाका संयन्त्र सदस्य माधवशरण पौडेल, सल्लाहका रामचन्द्र त्रिपाठी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक चन्द्रकान्त तिमिल्सिना लगायतले कृषिमा व्यावसायिक एवम् आधुनिकीकरणको खाँचो औँल्याएका छन् ।

वि.सं.२०७६ वैशाख २ सोमवार १२:५२ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...