back

ओमानविरुद्ध व्याटिङ गर्दै नेपाल

वि.सं.२०७६ वैशाख ३ मंगलवार

30 

shares


३ वैशाख, काठमाडौँ । यू– १९ विश्वकपको एशिया छनोटका लागि चौथो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

सिलांगोर टर्फ क्लवको मैदानमा नेपाली समय अनुसार अहिले बिहान पौने आठ बजेबाट सुरु हुने उक्त खेलमा नेपालले ब्याटिङ्ग गर्ने भएको छ । ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

जारी प्रतियोगितामा तीन खेलमा दुई जित र एक हार ब्यहोरेको नेपालको शिर्ष स्थानमा रहने मौका युएईको खेलसँग जोडिएको छ । अब युएईले यदि कुनै टिमसँग पराजित भएमा कुनै कारणबस खेल बिथोलिएमा मात्र नेपालको शिर्ष स्थानमा रहेने सम्भावना हुन्छ । जारी छनोटमा नेपालले दोस्रो खेलमा युएईसंग नै हार व्यहोरेको थियो । बर्षाका कारण नेपाल युएईसँग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा ओमानलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ । दोस्रो स्थानको नेपालले ३ खेलबाट ४ अंक जोडेको छ भने ३ खेलमा पराजित युएईको ६ अंक रहेको छ ।

तुलनात्मक रुपमा आजको प्रतिस्पर्धी टिम ओमान नेपाल भन्दा कमजोर देखिएको छ । ओमानले तीन खेलमा दुई हार र एक जित निकालेको छ भने ३ खेलमा २ अंक जोडेको छ । यी दुई टिम अन्तिम पटक उमेर समुहमा २००७ मा यू १९ एलिट कपमा खेलेका थिए । जसमा नेपालले ८ विकेटले हराएको थियो ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०७:४५ मा प्रकाशित

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...

महिला टी-२० सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

महिला टी-२० सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौँ । चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो...