back
CTIZAN AD

ओमानविरुद्ध व्याटिङ गर्दै नेपाल

वि.सं.२०७६ वैशाख ३ मंगलवार

615 

shares


३ वैशाख, काठमाडौँ । यू– १९ विश्वकपको एशिया छनोटका लागि चौथो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

सिलांगोर टर्फ क्लवको मैदानमा नेपाली समय अनुसार अहिले बिहान पौने आठ बजेबाट सुरु हुने उक्त खेलमा नेपालले ब्याटिङ्ग गर्ने भएको छ । ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

जारी प्रतियोगितामा तीन खेलमा दुई जित र एक हार ब्यहोरेको नेपालको शिर्ष स्थानमा रहने मौका युएईको खेलसँग जोडिएको छ । अब युएईले यदि कुनै टिमसँग पराजित भएमा कुनै कारणबस खेल बिथोलिएमा मात्र नेपालको शिर्ष स्थानमा रहेने सम्भावना हुन्छ । जारी छनोटमा नेपालले दोस्रो खेलमा युएईसंग नै हार व्यहोरेको थियो । बर्षाका कारण नेपाल युएईसँग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा ओमानलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ । दोस्रो स्थानको नेपालले ३ खेलबाट ४ अंक जोडेको छ भने ३ खेलमा पराजित युएईको ६ अंक रहेको छ ।

तुलनात्मक रुपमा आजको प्रतिस्पर्धी टिम ओमान नेपाल भन्दा कमजोर देखिएको छ । ओमानले तीन खेलमा दुई हार र एक जित निकालेको छ भने ३ खेलमा २ अंक जोडेको छ । यी दुई टिम अन्तिम पटक उमेर समुहमा २००७ मा यू १९ एलिट कपमा खेलेका थिए । जसमा नेपालले ८ विकेटले हराएको थियो ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०७:४५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...