back
CTIZAN AD

विप्लव समर्थकले तक्मै पाउन नहुने ?

वि.सं.२०७६ वैशाख ३ मंगलवार

489 

shares

कसलाई के को धन्दा, कसलाई के को धन्दा भने झै अहिले केही मानिहरुलाई विप्लवकै राजनीति, विप्लवकै नेता, विप्लवकै कार्यकर्ता, विप्लवकै समर्थक र शुभेच्छुकहरुका बारेमा चियो चर्चा र टिप्पणी गर्ने फुर्सद नभएको जस्तो देखिएको छ ।

ध्वंशात्मक गतिबिधिमा लागेको, राज्यविरुद्ध संगठीत भएको र सत्ता पल्टाउन हिडेको भन्दै विप्लव समूहलाई असंबैधानिक तरिकाले प्रतिवन्ध लगाएपछि सो पार्टीका हेमन्त प्रकाश वली र जीवन्त लगायतका नेता तथा सयौं कार्यकर्ता पक्राउ गरेर सरकार अहिले अलिकति शान्त अनुभुति भएको प्रचार गर्दैछ । यहि अवस्थामा वार्ताको प्रचार पनि बेजोड बढिरहेको छ ।

प्रसंग अहिले भिन्दै छ । बाग्लुङको गल्कोटमा जन्मेर नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण र विशिष्ठ योगदान पुर्याएका घनश्याम पाठकको बारेमा ठूलै हो–हल्ला गरिएको छ । २०४६ पछिको खुल्ला अवस्था र राजनीतिमा आस्था राख्न पाउने एवं संगठित हुन सक्ने अधिकार बमोजिम घनश्याम पाठकले तत्कालिन मशाल, एकता केन्द्र, संयुक्त जनमोर्चा, नेकपा माओवादी तथा जनयुद्ध प्रति पनि आस्था राखेको र योगदान पुर्याउँदै आएको विदितै छ । उनले शिक्षामा आमुल सुधारको लडांई निरन्तर जारी राखेका छन् भने प्रशासकिय तथा व्यवस्थापकिय अब्बलता देखाउँदै आएका पनि छन् ।

लामो समय सम्म शिक्षकहरुको हकहितको आवाज उठाउँदै आउँदा उनले शिक्षक संगठन र शैक्षिक आन्दोलनमा आफ्नो नेतृत्वदायी कौशलता पनि राम्रैसँग पर्दशन गर्दै आएका छन् । पछिल्लो समय उनले बुटवलको कालिका मावि अर्थात् हालको कालिका मानवज्ञान माविमा प्रधानाध्यापकको उदाहरणीय भूमिका देखाएका छन् । धेरै राष्ट्रिय पुरस्कार पाएको सो मावि प्रदेश नं ५ को मात्र नभएर देशकै उत्कृष्ट मध्येको सामुदायिक विद्यालय मानिन्छ । उनले आफ्नो अनुभवलाई अहिले अखिल नेपाल शिक्षक संगठन मार्फत् पनि संप्रेषण गरिरहेका छन् । देशैभरीका शिक्षकहरु संगठीत भएको र नेपाल सरकारमा दर्ता भएको सो संगठनको उनी केन्द्रीय अध्यक्ष पनि रहेका छन् ।

यो सत्य हो कि, उनले नेतृत्व गरेको अखिल नेपाल शिक्षक संगठनमा रहेका कतिपय व्यक्तिहरुले विप्लव नेतृत्वको नेकपालाई समर्थन गरेको देखिन्छ । मेडियाहरुमा आएको अर्को के पनि सत्य हो भने सो संगठनका कैयौं जिल्ला अध्यक्ष र सदस्यहरुलाई विप्लव समूहसँग जोडेर गिरफ्तार समेत गरिएको छ । यहि विचमा उनले राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पाएपछि ‘विप्लवका मान्छेलाई राष्ट्रपतिको पदक !’ भनेर निकै कोकोहोलो मच्याइएको छ ।
यो सबैलाई थाहा छ कि २०७६ बैशाख १ गते राष्ट्रपतिको हातबाट दिइएको सो पदक २०७५ कै शिफारिस र घोषणा बमोजिम भएको हो । देशप्रतिको निष्ठा, त्याग, योगदान, प्राज्ञिकता र पेशागत व्यवसायिकताको सहि मूल्यांकन हुन्थ्यो भने यो तक्मा उनले धेरै वर्ष पहिले पाउनु पर्दथ्यो । ढिला भएपनि उनले पाए उनका हकमा यो अझै कमि हो ।

यसबाहेक घनश्याम पाठक आफैमा एक रुपान्तरणकारी शिक्षक हुन् र गणतन्त्र प्राप्तिमा उनले पुर्याएको योगदान अहिलेका कैयौं मन्त्री, सांसद र ठूलावडाका अ‍ैरेगैरेको भन्दा निकै ओजिलो पनि छ । यो कुरा नबुझ्ने र उनको तौल आंकलन गर्न नसक्नेले ‘कार्यकर्ता जेलमा नेता राष्ट्रपतिको तक्मामा’ भनेर समेत प्रचार गरेका छन् । यो टिप्पणीकारलाई के विश्वास छ भने राज्य उनीबाट बेखबर छैन । उनको गरिमा, योगदान र प्रभावका अगाडि हात हाल्न नसकेको मात्र हो । ‘जेल हाल्नुपर्नेलाई किन तक्मा ?’ भन्ने भावमा एकाथरीले संप्रेषण गरेका छन् भने अर्काथरीले ‘नेतालाई पदक !’ भनेर व्यंग पनि गरिरहेका छन् । यी दुवै अतिवादी सोच हुन भन्दा फरक नपर्ला ।

यी दुई अतिवादी दृष्टिकोण व्यक्त गर्नेहरुले भ्रष्टाचारी कर्मचारी, राष्ट्रघाति नेता, राजस्वमारा ठगहरु र नेतालाई प्रयोग गरेर सरकारी जमिन हडप्नेहरुले तक्मा पाएको कुरालाई खासै उठाएका छैनन् । पंचायतकालमा पनि केही बहुदलवादी आस्थाका मान्छेले पदक लिएका छन् भने २०४६ पछि त राजाको हातको धाप खोज्दै राजाले तक्मा दिएर लाएका थुप्रै नेताहरु अहिले गणतन्त्र संस्थागत गर्ने कोर्षमा छन् ।

घनश्याम पाठक त गणतन्त्रका लागि लडेका एक योद्धा हुन् । आस्थाका आधारमा विभेद गर्नुपर्छ भन्नेहरुलाई अहिले घनश्यामले पाएको पदकले टाउँको दुखाएको देखिन्छ । राम्रो काम गर्छन् भने विप्लव वा जसका समर्थकलाई पनि राज्यले प्रत्साहन गर्नैपर्छ । कति टाउको दुखाउछौ हे एकसरुवाहरु ।

 

वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:१४ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...