back
CTIZAN AD

बिभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि द्धन्द्ध गराउन खोजे-अध्यक्ष ओली

वि.सं.२०७३ कात्तिक २४ बुधवार

1.1K 

shares

Khadga-Prasad-Oli_380_AP

२४ कात्तिक, धनगढ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि नेपालीहरूबीच द्वन्द्व सिर्जना गरिरहेको बताउनुभएको छ ।

आज यहाँ गरिएको नेकपा (एमाले)प्रदेश नम्बर ७ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सामाजिक एकता र राष्ट्रिय सद्भाव अहिलेको प्रमुख आवश्यकता भएपनि बाह्य शक्तिहरूले जात, धर्म, भाषा, भूगोल र क्षेत्रका नाममा द्वन्द्व खडा गर्न खोजेको आरोप लगाउनु भयो ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै अध्यक्ष ओलीले आफ्नो सार्वभौेमसत्ता, स्वतन्त्रताको प्रयोग गर्ने अधिकार स्वयम् नेपालीलाई भएको बताउनुभयो ।

राष्ट्रिय हितभन्दा पनि सत्ता र आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर केही शक्तिहरूले काम गर्न थालेको टिप्पणी गर्दै उहाँले यस्तो अवस्थामा एमाले राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने बताउनु भयो ।

एमाले नेता माधवकुमार नेपालले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले वैदेशिक हस्तक्षेप अस्वीकार नहुने बताउनुभयो ।

कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल लगाएतका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

भेलामा सात नम्बर प्रदेशका झण्डै चारसय अगुवा कार्यकर्ता सहभागी रहेका छन् । रासस

वि.सं.२०७३ कात्तिक २४ बुधवार १३:०१ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...