Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

बिभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि द्धन्द्ध गराउन खोजे-अध्यक्ष ओली



Khadga-Prasad-Oli_380_AP

२४ कात्तिक, धनगढ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि नेपालीहरूबीच द्वन्द्व सिर्जना गरिरहेको बताउनुभएको छ ।

आज यहाँ गरिएको नेकपा (एमाले)प्रदेश नम्बर ७ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सामाजिक एकता र राष्ट्रिय सद्भाव अहिलेको प्रमुख आवश्यकता भएपनि बाह्य शक्तिहरूले जात, धर्म, भाषा, भूगोल र क्षेत्रका नाममा द्वन्द्व खडा गर्न खोजेको आरोप लगाउनु भयो ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै अध्यक्ष ओलीले आफ्नो सार्वभौेमसत्ता, स्वतन्त्रताको प्रयोग गर्ने अधिकार स्वयम् नेपालीलाई भएको बताउनुभयो ।

राष्ट्रिय हितभन्दा पनि सत्ता र आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर केही शक्तिहरूले काम गर्न थालेको टिप्पणी गर्दै उहाँले यस्तो अवस्थामा एमाले राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने बताउनु भयो ।

एमाले नेता माधवकुमार नेपालले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले वैदेशिक हस्तक्षेप अस्वीकार नहुने बताउनुभयो ।

कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल लगाएतका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

भेलामा सात नम्बर प्रदेशका झण्डै चारसय अगुवा कार्यकर्ता सहभागी रहेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी