back
CTIZAN AD

हजार र ५०० दरका भारु नोट दुई करोड मात्रै

वि.सं.२०७३ कात्तिक २४ बुधवार

972 

shares

ic

२४ कात्तिक, काठमाडौँ  । मुलुकका बैंक तथा वित्तीय संस्थासँग एक हजार र ५०० दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राष्ट्र बैंकले त्यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम छैन तर बैंकिङ प्रणालीमा नभए पनि साधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।

राष्ट्र बैंकले आजै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । त्यस्तै भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो ।

उहाँले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गर्नुभएको छ । रासस

वि.सं.२०७३ कात्तिक २४ बुधवार १३:१२ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...