back

हजार र ५०० दरका भारु नोट दुई करोड मात्रै

वि.सं.२०७३ कात्तिक २४ बुधवार

585 

shares
IME Limited
NTC AD

ic

२४ कात्तिक, काठमाडौँ  । मुलुकका बैंक तथा वित्तीय संस्थासँग एक हजार र ५०० दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राष्ट्र बैंकले त्यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम छैन तर बैंकिङ प्रणालीमा नभए पनि साधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।

राष्ट्र बैंकले आजै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । त्यस्तै भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो ।

उहाँले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गर्नुभएको छ । रासस

वि.सं.२०७३ कात्तिक २४ बुधवार १३:१२ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...