४ बैशाख, काठमाडौ । आज पनि देशैभरी सामान्य वदली रहने र हुरी, बतास र चट्याङ पर्ने सम्भावना रहेको छ ।
मौसम पुर्वानुमान विभागका अनुसार देशका पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा चट्याङ पर्ने, हुरी बतास सहित हल्का अनि मध्यम वर्षासहितको असिना पर्ने छ ।
देशका उच्च पहाडि तथा हिमाल भू–भागमा हिमपातको सम्भावना समेत रहेको छ ।
त्यस्तै राति पनि देशका पुर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्याङ तथा हुरी बताससहित असिना पानी पर्ने सम्भावन रहेको पनि विभागले जनाएको छ ।
वि.सं.२०७६ वैशाख ४ बुधवार १०:२६ मा प्रकाशित