
४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको नयाँवर्षको पुर्वसन्ध्याको भोजमा एक महिला सुटुक्कै बालुवाटार छिरेको घटनाले प्रधानमन्त्रीको सचिवालय, नेकपाको नेतृत्व र प्रतिपक्षी दल नेपाली कांग्रेस समेत छक्क परेको समाचार आएको छ ।
सो समाचारका अनुसार छुट्टै वा अलग्गै नबोलाइएकी र सो स्तरमा बोलाउने सूचीमा समेत नपरेकी ती महानुवभाव नेकपाकी नेतृ पनि थिइनन् भने प्रतिपक्षकी पदाधिकारी पनि थिइनन् । तर उनी जब बालुवाटार प्रवेश गरिन्, उनले अनुमान गरे अनुसार आफ्ना नेता शेर बहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्ण सिटौला कोही पनि देखिनन् भने नेकपाको टिम पनि उनलाई एक्कासी त्यहाँ देख्दा छक्क पर्यो ।
बुधबार प्रकाशित जनआस्थाका अनुसार प्रधानमन्त्रीको राजनैतिक सल्लाहकारद्धारा बोलाइएकी अधिकारकर्मी विष्णु आचार्यको साथ (दिदी–बहिनी भएकाले) लागेर उनी त्यहाँ पुगेकी थिइन् । यो घटनापछि कांग्रेसले गोप्य तरिकाले छानविन गर्ने भएको समेत समाचारमा उल्लेख छ । ठूलो उत्साहका साथ पुगेर नमिठो अनुभव गर्नुपर्यो, ती महिला भने नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला भएको जनाइएको छ ।
फाईल फोटो
वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:४६ मा प्रकाशित