
४ बैशाख, काठमाडौ । पछिल्लो छ महिनादेखि नेपाली दर्शकको साथ नपाएका नेपाली सीनेमाहरुको भिडमा ए मेरो हजुर ३ ले भने दर्शकलाई फेरी एकपटक हल फर्काउन सफल भएको छ । हरेक साता जसो नयाँ सीनेमा हलमा लाग्ने र लाग्नासाथ उत्रिने क्रमको क्रम भङ्ग ए मेरो हजुर ३ ले गरेको छ ।
शुक्रबार बम्पर ओपनीङ गरेको सीनेमाले मंगलबार सम्म उत्कृष्ट व्यापार गरीरहेको निर्माण पक्षले जनाएको छ । देशभरका सींगल स्क्रीन र मल्टीप्लेक्समा चलचित्रले राम्रो व्यापार गरेको निर्माण पक्षको दाबि छ ।
ओपनीङ ग्रयान्ड हुन नसकेपनि शनिबार गजब व्यापार भएको छ । शुक्रबार सीनेमाले ७५ लाख कमाई गरेको थियो । शनिबार सीनेमाको व्यापार बढेर १ करोड १४ लाख पुगेको निर्माण पक्षले जनाएको छ । चलचित्रले आइतबार १ करोड ५० लाख कमाएको थियो । मंगलबार सम्म ४ करोडको व्यापार भइसकेको निर्माण पक्षको दाबि छ ।
सप्ताहन्तसम्म ७ करोडको व्यापार हुन सक्ने दाबि निर्माण पक्षको रहेको छ । निर्देशक झरना थापाकी छोरी सुहाना थापाको डेव्यु सीनेमामा अनमोल केसी स्टारर रहेका छन् ।
वि.सं.२०७६ वैशाख ४ बुधवार ११:५३ मा प्रकाशित