back
CTIZAN AD

चिलीमा हवाई दुर्घटना, छ जना मारिए

वि.सं.२०७६ वैशाख ४ बुधवार

774 

shares

४ बैशाख, पुर्टोमोन्ट । चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ ।

चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन-२ बी-२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ ।

पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त बिमान उड्नासाथ दुर्घटना भएको जानकारी दिएका थिए । बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

बिमानको ब्लाकबक्स भेटिए पनि दुर्घटनाको कारण खुलेको छैन । नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानबिन शुरु भइसकेको जनाएको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १३:३६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...