back
CTIZAN AD

अफगानिस्तानमा एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा

वि.सं.२०७६ वैशाख ४ बुधवार

759 

shares

४ वैशाख घाज्नी, अफगानिस्तान ।    अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् ।

सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ ।
प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिएका छन् । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानूनअनुसार सो गाउँ तालिबानको नियन्त्रणबाट फर्काउने क्रममा तालिबानका कमाण्डर काजी हसनसहित नौ जना तालिबान लडाकू मारिएका छन् ।

त्यसैगरी गिलान कराबाघ र आब्जा ओमारी जिल्लाका २० भन्दा बढी गाउँमा गरिएको कारबाहीको क्रममा एक दर्जन भन्दा बढी तालिबान लडाकू मारिएका छन् ।

यस कारबाहीमा करिब २१ ओटा गाउँ प्रहरीले तालिबानबाट पुनः नियन्त्रणमा लिएको बताइएको छ । यस कारबाहीको क्रममा करिब एक दर्जन व्यक्ति घाइते भएका पनि बताइएको छ ।

सो कारबाहीबारे अफगानिस्तानको सेनाले विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको छ । त्यस कारबाहीका क्रममा अफगानिस्तानको सुरक्षा निकायका अधिकारी के कति हताहत भए भन्ने बारेमा भने केही बताइएको छैन ।
अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिबानले गएको शुक्रबारबाट सरकारका विरुद्धको आक्रामक कारबाही भनी घोषितरुपमा नै आक्रमण गरिरहेका छन् ।

उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मी र अरु सर्वसाधारणलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ ।

केही समयअघि अमेरिकी अगुवाईमा अफगानिस्तानका तालिबानसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिबानले यस्तो कारबाही थालको हुन् ।

तालिबानले घोषित रुपमा सुरु गरेको भनिएको यस आक्रामक कारबाहीको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले निन्दा गरेको छ । तालिबानहरुले शुक्रबारदेखि सो कारबाही थालेका हुन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १४:०१ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...