back

बाग्लुङका दुई विद्यालयमा पशु विज्ञान अध्यापन हुने

वि.सं.२०७६ वैशाख ७ शनिवार

42 

shares

७ बैशाख, गलकोट । बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ ।

जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ सम्म पशु विज्ञान अध्ययनका लागि हालै मात्र अनुमति दिएको हो ।

शिक्षालाई व्यावहारिक तथा प्रयोगात्मक बनाउने अभियानमा नेपाल सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने अभियानअन्तर्गत अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ । “हामीले पटक पटकको प्रयासपछि पशु विज्ञान अध्यापन गराउने अनुमति प्राप्त गरेका छौँ,” नेपाल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भने, “गाउँमै विपन्न परिवारका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँच पुग्नेछ ।”

नेपाल माविले गत फागुनमा स्वर्ण महोत्सवका अवसरमा प्राविधिक सञ्चालनका लागि सञ्चालन गरेको आर्थिक सहयोग अभियानमा डेढ करोड रुपैयाँ सङ्कलन गरेको विद्यालयले जनाएको छ । जिल्लाकै विकट विद्यालयमा प्राविधिक पशुविज्ञान सञ्चालन गर्न पाउँदा खुशी लागेको ज्ञानेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती मगरले प्रतिक्रिया दिए ।

“दूरदराजका विद्यालयमा प्राविधिक शिक्षाको पहुँच पुग्दा दक्ष जनशक्ति उत्पादन हुनेछन्न्,” मगरले भने । सामुदायिक विद्यालयप्रतिको आकर्षण घटिरहेको सन्दर्भमा कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएका उक्त दुई विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । नेपाल माविमा ४९१ र ज्ञानेन्द्र माविमा ७१५ विद्यार्थी अध्यनरत छन् । प्राविधिक शिक्षा सञ्चालनका आवश्यक तयारी भईरहेको नेपाल माविका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए ।

वि.सं.२०७६ वैशाख ७ शनिवार १३:०० मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...