back
CTIZAN AD

विवाहमा छुवाछुत र भेदभाव, अगुवाले दक्षिणा दिए, भोज खाएनन्

वि.सं.२०७६ वैशाख ९ सोमवार

762 

shares

९ बैशाख, रुपन्देही । जातिय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भएपनि कानुनको उल्लंघन गर्दै समाजमा जातिय छुवाछुतका घटना दोहोरिरहेका छन् ।

त्यसैको पछिल्लो उदाहरण नको रुपन्देही शुद्धोदन गाउँपालिका ४ पर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थिति कथित उपल्लो जातका भनिएकाहरुबाट प्रदर्शित व्यवहार ।

बैशाख ५ गते भएको विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन् । विवाहमा बेहुला बेहुलीलाई आर्शिवाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकी भोजमा सहभागी नभएपछि विक परिवारद्धारा उनीहरुबाट प्राप्त दक्षिणा फिर्ता गरिएको थियो । राम बहादुर विककी छोरी आरतीको सुनवल असामबासी टोलका रमेश रसाइलीसँग विवाह भएको थियो ।

विवाहको निम्तो स्वीकारेर आएका २२ जना भोजमा सहभागी नभई दक्षिणा मात्रै बुझाएर फर्केकाले आफूहरुको अपमान भएको भन्दै आइतबार सुद्धोदन ४ का पडा अध्यक्ष राजेन्द्र कँडेललाई दक्षिणा वापतको रकम फिर्ता दिएका थिए । सोमबारको नागरिक दैनिकमा रुपन्देहीबाट विनोद परियारले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ९ सोमवार ०७:४७ मा प्रकाशित

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...