
९ बैशाख,काठमाडौं । गृहमन्त्रालयमा ९० जना अधिृकत स्तरका कर्मचारी छन् । तर, उनीहरुको प्रयोजनका लागि ल्याइएका गाडी भने १ सय ७४ छन् । यस अनुसार कर्मचारी र सवारी साधनको अनुपात १ : १.९३ हुन्छ । अर्थात् एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्छन् ।
संघीय सरकार अन्तर्गत २२ मन्त्रालय छन् । तिनमा १ हजार ५ सय ७७ सवारीसाधन चालू अवस्थामा छन् । अधिकृत स्तरका कर्मचारी भने १ हजार ३ सय २३ छन् । सवारी साधन र अधिकृत स्तरको कर्मचारीबीचको अनुपात १ः१.१९ हुन्छ ।
सबैभन्दा बढी सवारी हुने मन्त्रालय हो, गृह । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा भने अन्यको तुलनामा कम सवारी छन् । यसको अनुपात १ः०.६५ मात्र रहेको महालेखा प्रतिवेदन देखाउँछन् । सोमबारको अन्न्पूर्णपोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखका छन् ।
वि.सं.२०७६ वैशाख ९ सोमवार ०७:५५ मा प्रकाशित