back
CTIZAN AD

कर्णालीमा बढ्दैछ बलात्कार र यौन दुव्र्यवहार

वि.सं.२०७६ वैशाख ९ सोमवार

471 

shares

९ बैशाख, सुर्खेत । एकसाता अघि जुम्ला चन्दनाथ नगरपालिका ४ का श्याम भारती चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । गाउँको एक विद्यालयभित्र पु¥याएर यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा छिमेकीले देखेपछि घटना बाहिर आयो ।

जुम्लाकै पातारासी गाउँपालिककी एक महिला कात्तिक १८ गते बलात्कृत भइन् । पीडित महिलाको बयानका आधारमा २४ वर्षे भैरे सार्की पक्राउ परे । सोहि दिन तीला गाउँपालिकाकी दुईजना महिला सामुहिक बलात्कारमा परे । जंगलबाट घाँस काटेर फर्कदै गरेका उनीहरुलाई चार जनाको समूहले बलात्कार गर्यो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालकामा २ सिम्रुतकका २२ वर्षीय राजिव खड्कालाई प्रहरीले पक्राउ गर्यो । खड्का हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । त्यस्तै बालिका बलात्कारको आरोपमा पुस १ गते रुकुम (पूर्व) को भुमे गाउँपालिका ९ चुनवाङका २१ वर्षीया मनोज वली पक्राउ परे । मंसिर २८ गते साथीको जन्ती गएका बेला ओलीले बालिका बलात्कार गरेको प्रहरीको भनाई छ ।

फाुगन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित काक्रे बिहार जंगलमा १३ वर्षीया बालिका सामूहिक बलात्कारीको सिकार भइन् । विद्यालयबाट घर फर्कदै गरेकी ती बालिकालाई काक्रे विहारको जंगलमा पुर्याएर दुई युवकले बलात्कार गरे । बलात्कारका आरोपिमध्ये १९ वर्षीय प्रमेश रावत पक्राउ परेका छन् । अर्का फरार छन् ।

पछिल्लो नौ महिनाको अवधिमा कर्णाली प्रदेशमा बलात्कारका १ सय ४२ र बलात्कार प्रयासका ४१ घटना भएको प्रदेश प्रहरीले अभिलेख संकलन गरेको छ ।

सोमबारको नागरिक दैनिमा सुर्खेत÷जुम्ला÷रुकुम (पश्चिम) बाट नगेन्द्र उपाध्याय, डिबी बुढा र लोकेन्द्र खनालले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ९ सोमवार ०७:३८ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...