back

कर्णालीमा बढ्दैछ बलात्कार र यौन दुव्र्यवहार

वि.सं.२०७६ वैशाख ९ सोमवार

18 

shares

९ बैशाख, सुर्खेत । एकसाता अघि जुम्ला चन्दनाथ नगरपालिका ४ का श्याम भारती चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । गाउँको एक विद्यालयभित्र पु¥याएर यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा छिमेकीले देखेपछि घटना बाहिर आयो ।

जुम्लाकै पातारासी गाउँपालिककी एक महिला कात्तिक १८ गते बलात्कृत भइन् । पीडित महिलाको बयानका आधारमा २४ वर्षे भैरे सार्की पक्राउ परे । सोहि दिन तीला गाउँपालिकाकी दुईजना महिला सामुहिक बलात्कारमा परे । जंगलबाट घाँस काटेर फर्कदै गरेका उनीहरुलाई चार जनाको समूहले बलात्कार गर्यो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालकामा २ सिम्रुतकका २२ वर्षीय राजिव खड्कालाई प्रहरीले पक्राउ गर्यो । खड्का हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । त्यस्तै बालिका बलात्कारको आरोपमा पुस १ गते रुकुम (पूर्व) को भुमे गाउँपालिका ९ चुनवाङका २१ वर्षीया मनोज वली पक्राउ परे । मंसिर २८ गते साथीको जन्ती गएका बेला ओलीले बालिका बलात्कार गरेको प्रहरीको भनाई छ ।

फाुगन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित काक्रे बिहार जंगलमा १३ वर्षीया बालिका सामूहिक बलात्कारीको सिकार भइन् । विद्यालयबाट घर फर्कदै गरेकी ती बालिकालाई काक्रे विहारको जंगलमा पुर्याएर दुई युवकले बलात्कार गरे । बलात्कारका आरोपिमध्ये १९ वर्षीय प्रमेश रावत पक्राउ परेका छन् । अर्का फरार छन् ।

पछिल्लो नौ महिनाको अवधिमा कर्णाली प्रदेशमा बलात्कारका १ सय ४२ र बलात्कार प्रयासका ४१ घटना भएको प्रदेश प्रहरीले अभिलेख संकलन गरेको छ ।

सोमबारको नागरिक दैनिमा सुर्खेत÷जुम्ला÷रुकुम (पश्चिम) बाट नगेन्द्र उपाध्याय, डिबी बुढा र लोकेन्द्र खनालले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ९ सोमवार ०७:३८ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...