back
CTIZAN AD

कहाँ जान्छ एनआरएनए आइसिसिको करोडौ शुल्क ?​

वि.सं.२०७६ वैशाख ९ सोमवार

528 

shares

बिभिन्न मुलुकका राष्ट्रिय शाखाबाट सदस्यता बापत उठाइने ५० प्रतिशत रकम अर्को ठुलो धनराशि करोडौ रुपैयालाई हेर्दा एनआरएनए आइसिसि आर्थिक हिसाबले एउटा रकमी सस्था र ठुलै रकम चलखेल गर्ने सस्थाको रुपमा रहेको तथ्यले देखाउँछ ।

माथिल्ला एबम गरि खाने र हुनेखाने प्रबासीहरुको गुड्डी हाँक्ने र प्रचारको चौतारी जस्तो देखिएको रकमी संस्था एनआरएनए कसरी चल्ने गरेको छ, धेरैलाइ थाहा नहुन सक्दछ​। थाहा भ​एर पनि नजाने गाँउको बाटै नसोध्नु भने जस्तो धेरैले चासो नराखिएको बिषय हुन सक्दछ​। बाटो भुलेको यात्री जस्तै लडखडिएको यो एनआरएनए भित्रको आर्थिक अपारदर्शिता एवम् मनपर्दी पमा उठाइने गरिएको शुल्क र यसका पदाधिकारी, क्षेत्रीय नेटवर्क र सदस्यहरुबाट उठाइने आर्थिक प्रेसरको शुल्क हेर्दा र उठ्ने उक्त शुल्क सिमित मानिसको मोज गर्ने थलोको रुपमा मौलाउँदै गएको स्पष्ट हुन्छ​।
आखिर कति कति रकम शुल्क लेबि उठाइन्छ हेर्दा जिब्रै काट्नु पर्ने अबस्था छ​। उक्त रकम कहाँ कहा खर्च हुन्छ त​ ? त्यहि सस्था भित्रका पदाधिकारि एबम सदस्यहरुलाई अत्तोपत्तो छैन​, हुँदैन पनि।

मतलब सिमित मानिसको बोलवाला, रेखदेख​, मेजमानिमा खर्चिने गरिएको छ त्यो रकम​। यो त एउटा पर्खालको एक पाटा मात्रै हो। अर्कोतिर चुनाबमा उम्मेद्वारबाट उठाइने उम्मेदवारि शुल्कको रकम त्यत्तिकै डरलाग्दो छ र मोटो रकम उठ्ने गर्दछ​। त्यसैगरि बिभिन्न मुलुकका राष्ट्रिय शाखाबाट सदस्यता बापत उठाइने ५० प्रतिशत रकम अर्को ठुलो धनराशि करोडौ रुपैयालाई हेर्दा एनआरएनए आइसिसि आर्थिक हिसाबले एउटा रकमी सस्था र ठुलै रकम चलखेल गर्ने सस्थाको रुपमा रहेको तथ्यले देखाउँछ । यसका अलावा आफ्ना मनखुशि र राजिखुशिले आर्थिक भोलिन्टियरको रुपमा उठ्ने र जम्मा हुने रकमको हिसाबकिताब गर्दा एनआरएनए आइसिसिको दुइ बर्षे कार्यकालमा करोडौ करोडौँ रुपैयाको खाइखेलि गर्ने र मोज गर्ने अखडाको रुपमा स्थापित भएको छ । एकातिर यत्रा रकमको हालिमुहालि गर्न पाउने, अर्कातिर नाम​, सत्ता र शक्तिसँगको पहुँच, खादामाला, भाषण एबम काला रकमलाई सेतो बनाउने प्रचुर अबसर भ​एपछि यो संस्थाको नेत्रित्वका लागि किन हुँदैन हानथाप र करोडौ करोडौ रकमको खर्चिलो चुनाब र खर्च ? यसका पदाधिकारि एबम अन्य पदमा निर्वाचित एबम मनोनयन र नियुक्ति पछि तिनैबाट उठाइने महङ्गो शुल्कलाइ मुख्य अंश बनाइएको छ, यो लेखमा।

एनआरएनए आइसिसिको सभापतिले १० हजार डलर बुझाउनु पर्नेछ​ । यसको मतलब झन्डै ११ लाख रुपैयाँ। उपसभापतिले ६ हजार डलर भनेपछि महिला उपसभापति सहित ३ जना उपसभापतिबाट अर्को १८ हजार डलर भनेपछि झन्डै २० लाख। महासचिबबाट ६ हजार डलर झन्डै ७ लाख रुपैया, दुई सचिबबाट ५ हजार डलरका दरले १० हजार डलर भनेपछि झन्डै अर्को ११ लाख रुपैया, कोषाध्यक्षबाट ५ हजार डलर र सहकोषाध्यक्षबाट ४ हजार भनेपछि ९ हजार डलर अर्को झन्डै १० लाख रुपैया, महिला एबम युवा सयोजकबाट ३५ सय डलरका दरले ७ हजार डलर झन्डै ८ लाख रुपैया, त्यसैगरि क्षेत्रिय कोअर्डिनेटर ६ जनाबाट ३५ सय डलरका हिसाबले अर्को २१ हजार डलर भनेपछि झन्डै २३ लाख रुपैया, अर्को डेपुटी कोअरडिनेट ११ जनाबाट २५ सय डलरका दरले २७ हजार ५ सय डलर झन्डै ३० लाख रुपैया, त्यसैगरि डेपुटि वेमन महिला उपसयोजक ६ जनाबाट २५ सय डलरका दरले १५ हजार झन्डै १७ लाख रुपैया, डेपुटी युथ युवा उपसयोजकबाट २५ सय डलरका दरले १२ हजार ५ सय डलर झन्डै १३ लाख रुपैया उठाइने प्रस्ताब पारित गरिएको छ​।
यो माथिका उठ्ने रकम यसै डरलाग्दो त छदै छ त्यो भन्दा अर्को डरलाग्दो १२० जना को अप्टेड आइसिसि मेम्बर निर्वाचित र थप २१ जना मनोनित गरि १ सय ४१ सदस्यहरुबाट एक हजार डलरका दरले उठ्ने अर्को एक लाख ४१ हजार डलर झन्डै एक करोड ५० लाख रुपैया ठुलो रकम हो।

अब हिसाब गर्नुहोस कति रकम ऊठ्दो रहेछ त निर्वाचित एबम मनोनित पछि जम्मा भनेपछि झन्डै झन्डै २ करोड ८० लाख रुपैया यो रकममा डलरको भाउ बढ्दा ३ करोड नाघ्ने देखियो मात्र पदमा बसे बापत दुइ बर्षे शुल्क​। कार्यक्रममा जाउ, उस्तै परे नेपाल आतेजाते गर​, अन्य कार्यक्रममा चन्दा देउ, आपतकालिन आइपरे थप चन्दा, प्लेन खर्च र खानपिन गर्दा एउटा सामान्य वर्किङ्ग क्लासको प्रबासीले यत्रो सेतो हात्ति सरह खर्च धान्लान त ?

फेरि नामका लागि, उक्साहट​, इमोशनमा आएर, अर्काले उचालिदिएको भरमा सुर्केर, मैमत्ता भै सस्थामा लाग्दा आफ्नो परिवारको, बालबच्चाको पेट​, इच्छा र अबसर एबम आबश्यकता काटेर यो सस्थामा लाग्दा मात्रै हजारौ हजार डलर खोलाको बालुवामा फ्याँक्नु पर्ने देखियो। तपाइसँग पानीमा फुल पार्ने कला छ​, छक्कापन्जा गने कला छ तपाइसँग​, ठग्ने, ढाँट्ने, फट्टाइ गर्ने र लुट्ने कला हुनु पर्दछ तपाइसँग र तपाइसँग दलाली गर्ने, तस्करि गर्ने धन्दा पनि छ साथमा भने मात्र तपाई यो सस्थामा लाग्दा हितकारि देखिन्छ​। पसिनाको कमाइ, परिश्रमको कमाइ र दुखि कमाइ खोलाको बालुवामा खन्याउन तपाइको न त मनले मान्दछ, न त तपाइको कमाइले नै थेग्न सक्दछ​।

लेबिका नाममा, शुल्कको नाममा, चन्दाको नाममा, यो सस्थाको बार्हमासे कार्यक्रममा दौडधुपमा लाग्ने खर्चले तपाइको समुन्नतिमा धक्का लाग्न जान्छ​। तपाइको कुरा नसुनिने, तपाइले सस्थामार्फत कमाउन नसक्ने र नचाहने,तपाईको नियमित कमाइले नधान्ने चुहिएको र पिध प्वाल परेको लोटामा कतिदिनसम्म पानी भरिरहनु हुन्छ ? यो ठग​, दलाल र तस्करहरुले मात्र थेग्न सक्ने चौतारि हो र तपाई इमान्दार प्रबासिको खर्च र समयको नास मात्रै हो।

त्यसैले अर्काको लहैलहैमा लागि इमोशनमा आएर आफुलाइ बर्बादि बनाउने र तपाई र तपाईको परिवारको समुन्नतिको ड्रिममा यो वाहियात खर्च गरि आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम रोक्नुहोस​।

वि.सं.२०७६ वैशाख ९ सोमवार २०:३६ मा प्रकाशित