back
CTIZAN AD

कांग्रेसका नेताहरुको राजतन्त्र फर्काउने सपना देख्दा विचित्रै लाग्छ–प्रधानमन्त्री

वि.सं.२०७६ वैशाख ९ सोमवार

522 

shares

९ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका धेरै नेताले राजतन्त्र फर्काउने सपना देख्दै हिडेको देख्दा आफूलाई विचित्रै लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले नेपाली कांग्रेशका महामन्त्री डा.शशांक कोइराला लगायतले गरेको हिन्दु राष्ट्रको मागप्रति कटाक्ष गर्दै भने ‘कुनैपनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सहि हो भनेर जन्मिदै खेरी शाषक हुन पाउनुपर्छ मेरो शाषक भइदेउ जन्मिएका कारण भनेर कुनै लोकतन्त्रवादीले निवेदन हाल्दैन् ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसको विगत कोट्याउँदै ८ सालमा बनेको कांग्रेस नेतृत्वको सरकारले सहयात्री कम्युनिष्टको कुरा सुनेर, कम्युनिष्ट पार्टीको विचार सुनेर राष्ट्रियताको पक्षमा उभिने सहि बाटो समाउनुको सट्टा प्रतिक्रियावादी शक्तिसँग मिल्ने र सहयात्रीका विरुद्ध खनिने काम गरेको बताए । उनले कांग्रेसले सहयात्रीमाथि प्रतिबन्ध लगाउने गलत बाटो समाएको र त्यहि गलत बाटो अहिले सम्म पनि सच्याउन नसकेको पनि बताए ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसको देशभक्त शक्ति, जनवादी शक्ति, प्रगतिशील शक्ति, वामपन्थी शक्ति, सामाजिक न्यायको पक्षधरशक्तिसँग मिलेर सामाजिक परिवर्तनका निम्ति अगाडि बढ्नुपर्ने बेलामा एकाधपटक धेरै दवाव तथा बाध्यात्मक परिस्थितिमा मात्र सहकार्य गर्ने नत्र प्रतिक्रियाबादी शक्ति सँग साठगाँठ गर्ने र घाटी जोड्दै जनताको शक्तिसँग जहिले पनि बैरभाव गर्ने गलत नीति लिएको समेत आरोप लगाए ।

उनले इतिहासका अनुभव लिदैं यदि नेपाली कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्ने र प्रतिक्रियावादीका विरुद्ध उभिनु पर्ने समेत बताएका छन् ।

टुटफुटका अनेक श्रृंखलालाई पार गर्दै पछिल्लो अवस्थामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी दुईवटा धारलाई समाएर कम्युनिष्ट विचार बोक्ने विभिन्न समूहहरु एकिकृत हुँदै गएको र अन्ततगोत्वा दुई पार्टी एकै ठाउँ आइपुगेको र नेपालको दुई ठूला कम्युनिष्ट पार्टी एक भएको बताए ।

उनले संगठनात्मक सफलताको मात्रै प्रश्न नभएर मुख्य अनि बैचारिकरुपमा महान सफलता हासिल गरेको बताउँदै राष्ट्रियताका सवालमा पार्टीले लिएको नीति तथा विचारहरु बिल्कुल सहि रहेको बताए । उनले देशको सार्वभौम सत्ता र स्वाधीनता र भौगोलिक अखण्डताका विषयमा कुनैपनि सम्झौता नहुने पनि बताएका छन् ।

अध्यक्ष ओलीले देशको सार्वभौम सत्ताको रक्षा गर्ने बताउँदै स्वाधीनताको सहि ढंगले उपयोग गर्ने, स्वाधीन ढंगले आफ्ना निर्णयहरु गर्न सक्छौ कि, सक्तैनौ, हाम्रा आन्तरिक मामलाहरु र अन्तराष्ट्रिय दृष्टीकोणहरु स्पष्ट ढंगले प्रस्तुत गर्न सक्छौ कि, सक्तैनौ भन्ने प्रश्न रहेको र त्यसको जवाफ ‘हामी सक्छौ’ भन्ने रहेको बताए ।

उनले विभिन्न गलत प्रवृत्तिहरु कोही सकिदै आएको र कोही कमजोर हुँदै आएको बताए । ‘त्यो यो देशका निम्ति खुसीको कुरा हो । आज लोकतन्त्र विरोधि शक्तिहरु लोकतन्त्र भन्दा राजनीतिक वर्गिय राजनीति भन्दा फरक ढंगले विध्वंश मच्याउने खालका द्धन्द्ध मच्याउने खालका अनि राष्ट्रिय एकतालाई कमजोर बनाउने खालका यस्ता पक्षहरुलई हामीले परास्त गरेका छौं ।’ अध्यक्ष ओलीले भने, ‘पछिल्लो पटक हामीले अलग र स्वतन्त्र राष्ट्रको माग गर्दै आएको शक्तिलाई पनि संविधानभित्र मुलधारको राजनीति गर्छु, शान्तिपूण र संविधान भित्र रहेर जनचाहना अनुरुपको राजनीति गर्छु भन्ने कवुलमा ल्याएका छौं यसले पृथकतावाद समाप्त भएको राष्ट्रका लागि यो खुसीको कुरा हो । ’

उनले पछिल्लोपटक राजनीतिक प्रवृत्तिमा ध्यान दिने, विचारमा ध्यान दिने, वर्गिय समस्याहरुको समाधानमा ध्यान दिने समाजको अग्रगामी परिवर्तनतर्फ केन्द्रीत हुने यी कुराहरु राष्ट्रमा विकास भएको र त्यो सबैचीजहरुको नेतृत्व नेकपाले गरेको समेत बताए । उनले भने, ‘राष्ट्रिय एकताको नेतृत्व हाम्रो पार्टीले गरिरहेको छ । राष्ट्रिय एकताको दिशामा देश गइरहेको छ ।’

अध्यक्ष ओलीले सानातिना कुरामा नअल्झेर देश बनाउने र देशको मुहार फेर्न तथा गरिबीको अन्त्यका लागि अघि बढनुपर्ने बताउदै यस्तो देशलाई सधै गरिब बनाइराख्न नसकिने बताए ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १९:१६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...