
९ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काठमाण्डौं जिल्ला कमिटिमा असन्तुष्टि देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य समेत रहेका तथा एकता प्रक्रियाका क्रममा आइतबार मात्र पार्टीका काठमाडौं जिल्ला सचिवमा मनोनित भएका शर्माले सचिव पदमा नरहने बताएका छन् ।
काठमाडौं जिल्ला संयोजक रहेका कृष्ण कुमार राई अध्यक्षमा मनोनित भएपछि असन्तुष्ट देखिएका शर्माले समाजिक संजालमार्फत् असन्तुष्टि पोखेका छन् ।
‘हिजो एमालेले मलाई काठमाडौ. इन्चार्ज र कृष्णजीलाई संयोजक स्वीकारेकै हो । तर, अहिले इन्चार्ज हटाएर अध्यक्षमा कृष्णजी र मलाई सचिवमा प्रस्ताव गरिएको छ । यो कुरा मलाई अमान्य छ ।’ शर्माले संसारन्युजसँग भने, ‘ मलाई हटाएर अरु साथीहरुलाई नै सचिवमा राख्न नेताहरुलाई अनुरोध गरेको छु ।’
वि.सं.२०७६ वैशाख ९ सोमवार १८:१३ मा प्रकाशित






























