back
CTIZAN AD

अध्यक्ष प्रचण्डले भने-‘एकवर्षभित्रै महाधिबेशन सक्छौं’

वि.सं.२०७६ वैशाख ९ सोमवार

642 

shares

९ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अबको एकवर्षभित्र पार्टीको महाधिबेशन सम्पन्न गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सव समारोहलाई प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ८ महिनाभित्र जिल्ला र प्रवासका सबै सम्मेलन सक्ने र एकवर्षभित्रै महाधिबेशन सक्नुपर्ने बताएका हुन् ।

उनले त्यो एकवर्ष महाधिबेशन र अधिबेशन सफल पार्ने अबधि मात्र नभएर एउटा महान बहशको अबधि हुने पनि बताएका छन् । ।

अध्यक्ष प्रचण्डले पार्टी स्थापना दिवसबाट पार्टी एकता टुंग्याएर नयाँ अभियानमा जान लागेको तथा पार्टीलाई तलसम्म गतिशील बनाउन डोग्मा र प्राग्माका विरुद्ध संघर्ष गर्न सिकाउनु, जनताको आन्दोलनमा एकाकार हुन सिकाउनु, कम्युनिष्ट आन्दोलनका राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवहरुलाई शष्लेषित गरेर प्रशिक्षित गर्न जानुपर्ने भएकोले अब एकछिन पनि ढिला गर्न नहुने समेत बताएका थिए ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनका अग्रजहरुले जे गरे उनीहरुले जे सिकाए त्यसैको आधार र त्यसको प्रयोग गर्ने कोशिष गर्दै अगाडि बढ्दै आएको बताउँदै पार्टी एकता त्यसैको प्रतिफल रहेको पनि बताए ।

‘पार्टी एकतामा हामीले आफ्नो व्यत्तिगत पद प्रतिष्ठा वा गुटगत स्वार्थ हेरेको भए यो एकता सम्भव थिएन,’ अध्यक्ष प्रचण्डले भने, ‘किनकि प्रतिक्रियावादी र अवसरवादीहरुले जहिले पनि कम्युनिष्ट आन्दोलन भित्र बुर्जुवा व्यक्तिवादलाई प्रोत्साहित गर्ने, गुटगत संक्रिणतालाई प्रोत्साहित गर्ने र कम्युनिष्ट पार्टी, बर्गको पार्टी होइन, अवसरवादीहरुको झुण्ड हो भन्ने बनाउन चाहान्छन् ।’

‘नेपालको कम्युनिष्ट आन्दोलन खासगरी पछिल्लो २०४६ सालको ऐतिहासिक जनआन्दोलनको वरिपरीबाट हामीले जे प्रयोग गर्यौ एकातिर मदन भण्डारीको नेतृत्वमा शान्तिपूर्ण र प्रतिश्पर्धाद्धारा बहुदलिय जनवादको माध्यमबाट कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने एउटा ठूलो प्रयोग अगाडि आएको र अर्कोतिर तत्कालिन माओवादीको नेतृत्वमा जनयुद्धका माध्यमबाट यो देशका सबै उत्पीडित, वर्ग जाति क्षेत्र लगायतमा एउटा नयाँ राजनीतिक जागरण ल्याएको र परिर्वतनको निम्ति तयारी गर्ने एउटा अभियान अगाडि आएको थियो ।’ सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने ।

यी दुवै अभियान आफ्नो दृष्टिमा पार्टी एकता गर्दा जे समझदारी भएको थियों त्यसको आधारमा यी दुइटै प्रयोगका सकारात्मक योगहरुकै कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको पनि अध्यक्ष प्रचण्डले बताए । ‘यी दुई धारालाई एक ठाउँमा केन्द्रीत गर्न नसकेको भए, यी दुईटै धाराका नेताहरुले एकअर्काको आवस्यकता र महत्वलाई नबुझेको भए सायद जनयुद्ध गर्न सम्पूर्ण रुपले विजय हुन नसक्ने र अर्कोपक्ष पनि वुर्जुवाहरुमाथि सम्पूर्ण विजय हासिल गर्न नसक्ने खतरा पनि नेपालमा थियो ।’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई हामीले जडताका विरुद्ध संघर्ष र अनुभववादका विरुद्ध संघर्ष गरेर नयाँ उचाईमा र नयाँ आवस्यकतालाई मध्यनजर गर्न थाल्यौ ।’

उनले आम कार्यकर्तामा पार्टी एकताका लागि भनेजति कामगर्न नपाएको भन्ने चिन्ता रहेको बताउँदै जनताले नेकपामाथि गरेको आसा अझै पूरा नभएको बताए । उनले ७० वर्षदेखि कम्युनिष्टभित्र थोपरिएको विकृति र विसंगति लाई पार लगाउने कुरा १ वर्षमै संम्भव नभएको बताए । तर, यतिमै सन्तुष्ट भएर बस्न नहुने र समिक्षा गर्दै कमिहरुको इमान्दारिताका साथ समिक्षा गर्ने र कमीहरुलाई सच्याउने संकल्प गर्ने, र जनअपेक्षा अनुसार अगाडि बढ्नका लागि ठूल्ठूला अभियानहरु चलाउने प्रक्रियामा प्रवेश गर्न जरुरी रहेको पनि अध्यक्ष प्रचण्डले बताए ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १७:०२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...