
१० बैशाख, काठमाडौं । बैदेशिक व्यापारमा नेपालको खस्कँदो अवस्थाले एकपछि अर्को रेर्कड राखिरहेको छ ।
चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशतले बढेको छ भने निर्यातको वृद्धि १५.७३ प्रतिशत मात्र छ । निर्यात परिणात्मक भन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेके हो ।
आयात बढ्दै भए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कूल व्यापार घाटा ८ खर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
आठ महिनाको तथ्यांक अनुसार देशमा कूल बैदेशिक व्यापार घाटा १० खर्ब १० अर्ब ३३ करोड छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले धेरै हो । मंगलबारको कारोबा दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन् ।
वि.सं.२०७६ वैशाख १० मंगलवार ०८:१९ मा प्रकाशित






























