back
CTIZAN AD

चर्कियो रिना हत्याकाण्ड, स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

वि.सं.२०७६ वैशाख १० मंगलवार

660 

shares

१० बैशाख, उर्लावारी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ ।

आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्चरे–१ का जीतबहादुर लावती घाइते भएका छन् । उनको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ । आन्दोलित पक्षले पथरी शनिश्चरे नगरपालिकाविरुद्ध समेत नाराबाजी गर्दै कार्यालयको प्रवेशद्वार तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेका छन् ।

पथरी उद्योग वाणिज्य सङ्घको कार्यालयमा समेत तालाबन्दी गरी स्थानीयवासीको भीड इलाका प्रहरी कार्यालय बाहिर नारावाजीमा उत्रिएको छ । सुरक्षा अवस्थालाई ख्याल गरेर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज बिहानैदेखि पथरी बजारका पसल बन्द गरेर स्थानीयवासी आन्दोलित बनेका थिए । बिहान १०.३० बजेदेखि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर लगातार नाराबाजी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानबिनको जिम्मा लिएको छ । बस्नेतको रहस्यमय मृत्युसँग जोडिएका शङ्कास्पद अवस्थाका सुन्दरहरैंचा नगरपालिका–३ बस्ने ३८ वर्षीय कमल नेपाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईँले जानकारी दिए ।

पथरी शनिश्चरे–१ त्रिवेणीचोक साझा लाइनमा डेरा बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसका सञ्चालक बस्नेतको रहस्यमय अवस्थामा गत वैशाख ७ गते बिहान स्थानीयवासीले शव फेला पारेका थिए । वैशाख ६ गते राति स्थानीय रङ्गशालामा सञ्चालन भएको साङ्गीतिक कार्यक्रम हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी बस्नेत वैशाख ७ गते बिहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले हत्या नै भएको प्रमाण फेला पारिनसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दाबी गरेका छन् । पथरी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय सङ्घर्ष समिति गठन गरेर आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १५:५२ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...