back
CTIZAN AD

रहेनन् पूर्व मन्त्री ताम्राकार

वि.सं.२०७६ वैशाख १० मंगलवार

726 

shares

१० बैशाख, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको मृत्यु भएको छ ।

दुई वर्षदेखि निमोनिया र क्यान्सर रोगले पीडित भएका पूर्वमन्त्री ताम्राकारको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएको जनाइएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकारको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि चैतको अन्तिममा अल्का अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष समेत भइसकेका ताम्राकार २०४८ र २०५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विक्रम सम्बत २००० मा भोजपुरको टक्सारमा जन्मिएका ताम्राकार उद्योग तथा वाणिज्य र स्वास्थ्यमन्त्री बनेका थिए ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १८:५७ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...