
११ बैशाख, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) र परिक्षा नियन्त्रण कार्यालय (पनिका) भक्तपुरले परीक्षा प्रयोजनका लागि खरिद गरेका समान प्रकृतिका उत्तर पुस्तिकाको मूल्यमा प्रतिसेट ५ रुपैयाँको अन्तर रहेको पाइएको छ ।
सिटीईभीटी अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले १६ पेजको मूल्य उत्तरपुस्तिका प्रतिसेट १० रुपैयाँका दरले खरिद गरेकोमा पनिकाले अधिकतम ४.६९ रुपैयाँमा खरिद गरेको पाइएको छ ।
सिटीईभीटीले ९२ हजार थान प्रतिसेट ११ रुपैयाँका दरले १४ लाख ४८ हजार थान र थप उत्तरपुस्तिका प्रतिसेट २.७५ रुपैयाँका दरले ४ लाख ८ हजार थान दर विश्लेषण नगरी जनक शिक्षा सामग्री केन्द्रबाट सोझै खरीद गरी १ करोड ७९ लाख ७० हजार भुक्तानी गरेको महोलखा नियन्त्रकको प्रतिवेदनमा उल्लेख छ । बुधबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ वैशाख ११ बुधवार ०८:२९ मा प्रकाशित






























