back
CTIZAN AD

यसरी भएको थियो वालुवाटार व्यक्तिको नाममा !

वि.सं.२०७६ वैशाख १२ बिहीवार

690 

shares

१२ बैशाख, काठमाण्डौं । वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रियामा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको पूर्वप्रमुख दीप बस्न्यातको निर्णयक भूमिका रहेको भेटिएको छ ।

बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गा समेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण फेला परेको छ ।

‘२०२१ र ०४७ सालको नापीमा सरकारी पर्ती जग्गा भनी स्पष्ट किटान गरिएको जग्गा मोहीका नाममा कायम गरिनुपर्छ भन्ने मन्त्रिपरिषद्मा पेश गर्नु भयो । प्रस्तावका साथ पेस भएको नापीको फिल्डबुकमा मोही नभएको जग्गा भनि स्पष्ट लेखिएको थियो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतले भन्यो, ‘उहाँको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्यो । नक्कली मोहीहरु धमाधम आफ्नो नाममा जग्गा बनाएर बेच्न थाले ।’

नक्कली मोहीका अधिकांश जग्गा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र उनका परिवारको सदस्यको नाममा किनिएको छ । मोहीनै नभएको जग्गामा बस्न्यातको प्रस्तावमा ‘नाराञ्चा मर्हजन’ नामको मोही खडा गरी जग्गा दर्ता गराएको भेटिएको छ ।

बालुवाटारको करिब ११३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न् व्यक्तिको नाममा दर्ता भइसकेको थियो भने करिब ३५ रोपनी जग्गा खाली थियो । त्यो जग्गको बीचबीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाई व्यक्तिका नाममा दर्ता गरिएको थियो । त्यहाँ राजकुलो र बाटो समेत थिएन । विहिबारको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०७:५१ मा प्रकाशित

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...