back
CTIZAN AD

एनआरएनएको युकेको अध्यक्षमा शेर सुनारको उम्मेदवारी

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

624 

shares

एनआरएनए युकेको अध्यक्ष पदका लागि शेर सुनारले उम्मेदवारी दिएको घोषणा गरेका छन् ।
हाल एनआरएनए युकेको उपाध्यक्ष रहेका सुनारले आगामी २०१९–२०२१ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सुनारले नटिङघममा आयोजित एक कार्यक्रमका बीच अध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै १२ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् ।
शिव कल्चर नेपाली कम्युनिटीका संस्थापक उपाध्यक्ष, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका सल्लाहकार, लम्जुङ समाज युकेका सल्लाहकार, यति एसोसियशन युकेका सल्लाहकार, सिर्जनशील नेपाली समाज यूकेको फाउण्डर प्रेसिडेन्ट तथा संरक्षक, इन्टेक १९८५ का संस्थापक अध्यक्ष एवं सल्लाहकार रहेका सुनुवारले बेलायतमा स्थापीत थुप्रै नेपाली संघ संस्थामा आफ्नो सामाजिक दायित्व पूरा गरेका छन् ।

उनले लामो समयदेखि एनआरएनए युकेलाई शसक्त बनाउँदै आएको बताउँदै एनआरएनको अधिकार सुरक्षित गर्नका लागि संस्थाको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

‘त्यस काममा मलाई तपाईहरुको सहयोग रहँदै आएको छ । मेरो त्यही सेवामुखी स्वभाव र सकारात्मक काम गर्न यहाँहरुको सधैं सहयोग रहने विश्वास सहित एनआरएन युकेको अध्यक्ष पदका लागि आगामी नेतृत्वको निम्ति प्रतिस्पर्धा गर्ने निर्णय गरेको छु ।’ सुनारले उक्त कार्यक्रममा भने ।

एनआरएन यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठको कार्य समिति सदस्यदेखि विभिन्न पदमा रहेर काम गर्दै उपाध्यक्षमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका सुनारले एनआरएन युकेका हरेक कार्यक्रममा आफ्नो उपस्थिति सहित बेलायतका विभिन्न राज्यमा रहेका नेपालीबीच पुगेर राज्यपरिषद् गठन, गैरआवासीय नेपाली नागरिता निरन्तरताका लागि संयोजक भई नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने काममा समेत सक्रिय भएर लागेका थिए ।

अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टका डाइरेक्टर तथा पूर्व गोर्खा सैनिक समेत रहेका सुनारले भूपू गोर्खाको मुद्दालाई नजिकबाट नियालेको बताउदै आफ्ना एजेण्डामा बेलायतवासी सम्फूर्ण एनआरएनएको साथ रहने विश्वास गरेको बताएका छन् ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १०:३४ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...