back
CTIZAN AD

साउदीको सडकमा नेपाली झण्डा फहराएको देख्दा…

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

573 

shares

प्रसङ्ग केही वर्षअघि खाडी मुलुकको ठूलो राष्ट्र मानिने साउदी अरबको मेरो भ्रमणको हो । वैदेशिक रोजगारीका विषयमा अध्ययन गर्न गएको त्यस भ्रमणमा मन छुने केही अनुभव भयो । त्यस अनुभवलाई वर्तमान राष्ट्रिय सन्दर्भसँग जोडेर हेर्दा अहिले आएर ‘होइन, एउटा लेख त यस विषयमा मुलुकको ध्यानाकर्षण गराउन लेख्नैपर्छ’ भन्यो मेरो विवेकले । साउदीको दूतावास नेपालमा नभएकाले भिसा लिन अनि त्याहाँ होटल बुकिङ गर्न असाध्यै समस्या परेको थियो । जानुअधि नै समस्या परेकाले नयाँ देश जाँदाको उत्साह क्रमशः ओइलाएको थियो । दोहामा ट्रान्जिट परेकाले केही घन्टा बिताउनुपर्याे ।

रेस्टुराँमा खाना खान लाइनमा बसेका बेला ३–४ जना फुर्तिला नेपाली भाइ भेट भए । कसैले दिदी त्यो टेबुलमा बस्नुस् न, कसैले सस अर्काे टेबुलमा छ, कसैले पानी त्यहाँ छ भनेर स्नेह जताएको देख्दा खुसी लाग्यो । तर, सबै स्थिर भएर कुरा नगरी हिँडी–हिँडी बोलिरहेको देखेर अलि अनौठो लाग्यो । मेरो मनसाय बुझेर होला उनीहरुमध्ये एकले हामी हजुरसँग बोलिरहेको देख्यो भने मालिकले राम्रो मान्दैन, तलब दिने बेला किचकिच गर्छ भन्दै मेरो जिज्ञासा शान्त पारे । एउटा भाइले ‘नेपाल कस्तो छ, उस्तै छ कि केही राम्रो भा’छ दिदी’ भनेर प्रश्न गरे । मैले पनि हाँस्दै तपाईंहरु सबै विदेश लाग्नु भाछ अनि नेपाल कसरी राम्रो हुन्छ भन्नु ? तपाईंहरुको देश तपाईंहरुबिना कसरी राम्रो हुन्छ भनेर जवाफ दिएँ । भावुक हुँदै एकले भने, ‘नेपाल आएर के गर्ने, काम छैन, हुलदङ्गामा कति हिँड्ने ? पेट त भर्नैपर्यो, ऋण तिर्नैपर्यो, घर पाल्नैपर्यो ……।’ जवाफ सुनेर मेरो मुखमा ताल्चा लाग्यो ।

साउदी अरबको एयरपोर्ट ओर्लेपछि मलाई जताततै फुङ्ग, सेतो आकाश, बालुवाका रंगजस्ता घरहरु, न हरियाली, न पहाड एकप्रकारले नरमाइलो लाग्यो । शून्य सहर, न चहलपहल, बन्दजस्ता देखिने पसलहरु, मानिस हिँडेको मुस्किलले देखिने । मलाई लाग्यो–रियाद सहर मानौँ स्तब्ध भएर ठिङ्ग उभिएको छ, निरस, बेरंग । मन खिन्न भयो, तर तुरुन्तै व्यावहारिक भएर दृष्टिकोण बनाउनुपर्छ । कुनै सहर वा देशलाई हेर्न भन्ने लाग्यो । के अर्थ, जब लाखौँ नेपालीका चुलो यस देशको रोजगारीले बलेको छ, यो तेलको कारणले सर्वशक्तिमान राज्य हो भन्ने लाग्यो र चित्त बुझाएँ ।

अर्काे दिन नेपालीसँग भेटघाटको सिलसिला सुरु भयो । गुनासाहरु यस्ता थिए–यस देशको दादागिरी छ, तलब समयमा नदिने, भनेको काम नदिने, जस्तो मृत्युलाई पनि सुत्दासुत्दै मरेको बनाइदिने आदि–इत्यादि । बंगलादेश, श्रीलंकाले ठूला सहरहरुमा कन्सुलेट अफिस खोलेका छन् तर नेपालको छैन । सीधा प्लेनको सुविधा नभएकाले बिदामा पनि घर जान नसकी भौँतिरिनुपर्छ । सडक दुर्घटनामा कति मारिन्छन् । साउदीले घाममा हाम्रो पसिना र रगत सुकाएर हामीलाई सुकुटी बनाइसक्यो आदि–इत्यादि । मैले पछिल्लो जवाफलाई समात्दै अनि यत्तिका समस्या रहे तापनि किन साउदी आउने नेपालीको सङ्ख्या नघटेको ? दोहोर्याई–तेहेर्याई पनि तपाईंहरु किन सुकुटी बन्न आउने ? भन्ने प्रस्न गर्दा उनीहरुको यस्ता प्रतिक्रिया रहे– यो देशमा पैसा बचाउन सकिन्छ । डिस्कोमा जाने, रक्सी खाने आदि नराम्रा कुलतमा जाने सम्भावना कम छ । कतिले त असाध्यै राम्रो काम गरेका छन् । साधारण लेबर भएर आएका अनलाइन कोर्स गरेर इन्जिनियर पनि भएका छन् । कोही पत्रकारिता गरिरहेका छन् । यहाँ आउनेले देशको महत्व बझ्छन्, अतिरिक्त करहरु लाग्दैन । कडा अनुशासन भएकाले देशमा बिग्रेर केही काम नलाग्ने भएर आएका पनि यहाँ आएर सप्रिन्छन् । तपाईंहरुमध्ये कोही यहाँ १० वर्ष, कोही १३ वर्ष बिताउने पनि हुनुहुन्छ । किन यसरी घरिघरि आइरहनुभएको ? अनि कहिलेसम्म आइरहने ? भनी प्रश्न गर्दा एक नेपालीले भने– अब विदेश आएर काम गर्ने, दुई वर्षमा एक महिनाको बिदामा घर जाने, परिवार, नाता–गोता भेट्ने, रमाइलो गर्ने अनि फर्कने । अब त परिवारसँग बस्दा, दिनरातको कचकच सुन्दा झर्काे लाग्ने भएछ । नेपालमा साथीभाइसँग गफ पनि नमिल्ने भइसक्यो । उनको उत्तर सुनेर म स्तब्ध भएँ । यदि यसरी नै पलायनको संस्कृति विकास भयो भने यसको दूरगामी असर घरपरिवार र राष्ट्रलाई के होला भनेर ।

प्रचण्ड गर्मीमा नेपाली भाषामा लेखिएका उक्त पङ्क्ति देख्दा आश्चर्यचकित भएँ । त्यसपछि एकपछि अर्काे ट्रक, लरी नियालेर हेर्दा अरु पनि नेपाली भाषामा लेखिएको पङ्क्तिहरु देखेँ– ‘नेपाली मन’, ‘जय नेपाल’ , ‘नमस्त’े , ‘बिस्तारै आउनुहोस’, ‘तिमीलाई कसैले पर्खिबसेको छ’, ‘सम्झना जुनीभरिलाई’, ‘नेपाली टोपी नबिर्साैँ’, ‘मेरो नेपाल’ आदि । ट्रकमा कतै खुकुरी, कतै लालीगुँरास, कतै हिमाल त कतै नेपाली झन्डा फरर देखेर मलाई टन्टलापुर घाममा सरर चिसो हावा चलेकोजस्तो शीतलताको आभास भयो । आँखा रसाए, मन गर्वले फुल्यो ।

वैदेशिक रोजगारीमा देखिएको एक महत्वपूर्ण जोखिम परिवारिक विखण्डन, पुनः आप्रवास तथा पलायनको संस्कृति हो । तर, त्यस व्यक्तिलाई मैले व्यङ्ग्य गर्दै भने– त्यसो भने तपाईंको भूमिका ‘भिजिटिङ प्रोफेसरको मात्र हो त घरमा ? महिनामा एकपल्ट तलब पठाएर अनि २–४ वटा फोन गरेर अभिभावक, श्रीमान्, छोरा र नागरिक हुनुको कर्तव्य पूरा हुन्छ त ? तर, उनले पुनः भने– यस विषयमा त देशले पो सोच्नुपर्छ त, आफ्नो नागरिकलाई देशभित्र शान्तिसँग बाँच्न पाउने, रोजगारी कसरी दिने भनेर । देशका लागि हामीले आफ्नो पसिना, श्रम, ज्यान दिएर काम गरिरहेका छौँ । हामीले पठाएको पैसाले देशको गरिबी घटेको छ । होटल, ट्राभल, पसल, बैंक, मनी एक्सचेन्ज, एयरलाइन्स खुलेका छन् । हाम्रो पैसाले शिक्षा, स्वास्थ्य, सङकजस्ता आधारभूत आवश्यकता र पूर्वाधार खडा गर्न सहयोग पेगको छ । अर्काेले थपे–हामीजस्ता लाखौँ कामदार तथा तिनमा परिवारका लागि राज्यले सोच्नुपर्याे, भिजन हुनुपर्यो नि भिजन । म निरुत्तरित्त भएँ ।

म जति दिन साउदी अरब बसेँ, मन–मस्तिष्कमा राष्ट्रवाद र व्यवहारवादीबीच अत्यन्त सङ्घर्ष चलिरह्यो । गर्मी, बन्द–प्रणालीजस्तो देशमा मानवअधिकारको अवस्था देख्दा हरे… यस्तो देशमा हाम्रा युवा पठाउनु कस्तो लाचारीपन, खै त राष्ट्रहितका लागि हामीले काम गरेको ? गरिब राष्ट्रका जनताको मोल भेडा–बाख्राजस्तो हुने त ? भन्ने लाग्यो । फेरि नेपालका कति काम नगर्ने, रक्सीमा मस्त रहने, क्यारेमबोर्ड, तास खेलेर बस्ने, झै–झगडामा समय बर्बाद गर्ने, काम नपाएर घर– समाजका लागि बोझ भएर बसेका नेपालीले साउदीमा अनुशासन सिकेको, समयको, पैसाको, रोजगारीको महत्व बुझेको, देशको स्थितिमा सरोकार उठाएको, चिन्तित भएको, अलपत्रमा परेकाहरुलाई आ–आफूमा पैसा उठाएर अस्पताल लैजान र देश फर्काउन सहयोग गरेको देख्दा असाध्यै गर्व पनि लाग्यो । अधिकांश सैद्घान्तिक छलफलका विषय हुने ‘बे्रन डे«्न’ पूरै सही होइन रहेछ यस अवधिमा, ‘बे्रन गेन’ पनि हुँदोरहेछ भन्ने लाग्यो । कता–कता मनमा देशमा केही काम नगरेर बस्ने, रक्सी, नसामा लागेर भौँतारिरहेकालाई त दुई वर्ष अनिवार्य रुपमा अनुशासन सिकाई तह लगाउन साउदी अरब नै पो जोखिमका मिश्रित तरङ्ग, भावहरु गोता खेलिरहे ।

अर्काे दिन नेपाली भेटघाटको सिलसिलामा रियादबाट दमाम लाग्यौँ । पुनः बाटोको दायाँ–बायाँ अनन्तसम्म बालुवा नै बालुवा, फुङ्ग उडेको सेतो आकाश । सातवटा सूर्य लागेकोजस्तो गर्मी देखेर फेरि राष्ट्रवादले डुबुल्की मार्न थाल्यो र हरे….. यस्तो निरस ठाउँ, भाषा फरक, संस्कृति फरक, धर्म फरक, खानपिन फरक, पहिरन फरक, अझ त्यसमाथि प्रचण्ड गर्मी सम्झेर कसरी काम गर्दा हुन् नेपालीले भनेर मन भारी भयो । यस्तो दुःखले पैसा कमाएर मुलुकबाट गरिबी निवारण गर्न योगदान दिने यी नेपालीलाई सम्झेर देश दुख्यो, असाध्यै आत्मग्लानि भयो । त्यहाँ अधिकांश ठूलो ट्रक गुडिरहेको देखेँ जसमा ‘फेरि भेटौँला’ लेखिएको रहेछ । त्यहाँ अधिकांश ट्रक, ठूला लरीका ड्राइभर नेपाली हुँदा रहेछन् । प्रचण्ड गर्मीमा नेपाली भाषामा लेखिएका उक्त पङ्क्ति देख्दा आश्चर्यचकित भएँ । त्यसपछि एकपछि अर्काे ट्रक, लरी नियालेर हेर्दा अरु पनि नेपाली भाषामा लेखिएको पङ्क्तिहरु देखेँ– ‘नेपाली मन’, ‘जय नेपाल’ , ‘नमस्त’े , ‘बिस्तारै आउनुहोस’, ‘तिमीलाई कसैले पर्खिबसेको छ’, ‘सम्झना जुनीभरिलाई’, ‘नेपाली टोपी नबिर्साैँ’, ‘मेरो नेपाल’ आदि । ट्रकमा कतै खुकुरी, कतै लालीगुँरास, कतै हिमाल त कतै नेपाली झन्डा फरर देखेर मलाई टन्टलापुर घाममा सरर चिसो हावा चलेकोजस्तो शीतलताको आभास भयो । आँखा रसाए, मन गर्वले फुल्यो । भतभती पोल्ने विदेशी भूमिमा नेपाली ड्राइभर भाइहरुले राष्ट्र बोकेर हिँडेको त्यो अनुभव मेरो जीवनभरका लागि अविष्मरणीय घटना भएको छ । यसपछि मन फेरि देशको यात्रा गर्न थाल्यो । यी श्रमजीवीले विदेशी भूमिमा नेपाल बोकेर हिँडिरहेको छन्, तर यिनीहरको पसिनाको मूल्य देश र समाजले कसरी सम्मान गर्ला ?

साउदीबाट फर्केको धेरै समय भइसकेछ । विदेशमा कार्यरत यस्ता लाखौँ नेपालीको त्याग, परिश्रमलाई भोलिको नेपालले कसरी सम्झने, उनीहरुलाई कसरी दिशानिर्देश गर्ने भन्ने हामी सबैसामु चुनौती छ ।

देशमा नागरिकलाई रोजगारी दिन हाइड्रोपावर, पर्यतन, जडीबुटी आदिमा काम गर्न आवश्यक छ । यदि तत्कालै वार्षिक चार लाख नेपालीलाई रोजगारी दिनसक्ने अवस्था नभएकाले विदेश नै पठाउन बाध्यता भए किन अन्तर्राष्ट्रिय श्रमबजारलाई अधिकाधिक रुपमा कामदारको हितमा प्रयोग गर्न सकिन्न ? सुरक्षित रोजगारका क्षेत्र, जहाँ श्रमको सम्मान हुन्छ, किन प्रवद्र्घन गर्न सकिन्न ? राज्यले यस विषयमा दृढ राजनीतिक इच्छाशक्ति जगाउन आवश्यक छ ।

दुःखको कुरा त के हो भने नयाँ नेपाल निर्माण गर्ने प्रक्रियामा संविधानसभाको निर्वाचन गर्न ‘मतदानको अधिकार’ समेत विदेशमा कार्यरत यी नेपालीले पाएनन् । तर, यी सबै बहसदेखि पृथक् हाम्रा नेपाली साउदीको बाटोमा निरन्तर ट्रक गुडाइरहेको छन् सिङ्गो नेपाल बोकेर ।

प्रस्तुत लेख जोशीको ‘एउटा सिन्को भाँची हेर्दा’ नामक पुस्तकबाट लिइएको हो ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १३:२१ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...