back

चाइल्ड विश्वकप क्रिकेट खेल्न नेपाली टोली बेलायत जाने

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

45 

shares

१३ वैशाख, काठमाडौँ । नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ ।

यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहनेछ । ‘चाइल्ड रिच नेपाल र स्ट्रीट वाल नेपाल’को समन्वयमा हुने सो प्रतियोगितामा नेपालबाट चार महिला र चार पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक छितिज बस्नेतले जानकारी दिए ।

सहभागी खेलाडीमा महिलातर्फ निशा राई, रुपा श्रेष्ठ, सङ्गीता थापामगर र रिता गौतम तथा पुरुषतर्फ सन्देश सुनार, सन्देश छतकुली, रवीन्द्र गुरुङ र विनोद परियार छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र कलाकार हरिवंश आचार्यले टोलीलाई सफलताको शुभकामना दिए । उनीहरुले उक्त प्रतियोगितामा पाएको अवसरलाई सदुपयोग गर्न खेलाडीलाई आग्रह गरे ।

स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक बस्नेतले विश्वकपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गरेका छन्। उक्त प्रतियोगिताका लागि नेपाली टोलीले दुई महीना अभ्यास गरेको थियो । आठ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली यही वैशाख १७ गते लण्डन प्रस्थान गर्नेछ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १९:४८ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...