back
CTIZAN AD

मानव तस्करीको आरोपमा सुदर्शन गौतम विरुद्ध रेडकर्नर नोटिस

वि.सं.२०७६ वैशाख १४ शनिवार

693 

shares

१४ बैशाख, काठमाडौं । नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानब तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको पटक पटकको आग्रहपछि इन्टरपोलले विहिबार नोटिस जारी गरेको हो ।

आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जनुसुकै देशमा पनि पक्राउ पर्न सक्छन् । हाल उनी क्यानडामा बस्दै आएका छन् । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन छ ।

दुई वर्ष अघि सुदर्शनको समूहले तीन युवतीलाई कलाकार बनएर हाइटी पुर्याएको थियो । दिल्लीबाट रसिया, स्पेन बोगोटा, डामेनिकन रिपब्लिक हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी सुटिङका लागि भनेर उनीहरुलाई सहज रुपमा त्यहाँ पु¥याइएको थियो । हाइटीबाट उनीहरुले सामान्य किसीमको पानी जहाजमा अमेरिका पुर्याउथे । उनीहरुलाई पनि सोहि पानी जहाजमा राखियो ।

उक्त पानी जहाजमा उनीहरुसहित १५ जना थिए । सबैजना सोहि समूहमार्फत् अमेरिका जानेमा थिए ।  तर, समुद्रको बीचमा पानीजहाज बिग्रीयो । उनीहरुले लिएर गएको खानेकुरा र पानी सकियो । तिर्खा खप्न नसकेपछि भक्तपुरकी सुमित्रा कुँवरले समदु्रको पानी पिइन् । सोही कारण पानी जहाजमै उनको मृत्यु भयो । पानी जहाज समुद्री बहाव सँग बग्दै बहमास पुग्यो । सो देशका सुरक्षाकर्मीले पानी जहाज नियन्त्रणमा लिए । त्यहाँबाट १ महिनापछि फर्किएका अन्य दुई युवती उजुरीका अधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको थियो ।

शनिबारको नयाँपत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १४ शनिवार ०७:५० मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...