back

बैंकक बस्दै, करोडौं ठगी गर्ने पर्शुराम गुरुङ थाइ प्रहरीको फन्दामा

वि.सं.२०७६ वैशाख १४ शनिवार

30 

shares

फाइल:फोटो

१४ बैशाख, काठमाडौं । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसा विना अवैध रुपमा बैंककमा बस्ने ।

क्यानडाको पाँचतारे होटलको फर्जी कागजात तयार पारेर डिमर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्र्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अष्ट्रेलिया, मकाउमा मासिक लाखौ. रुपैयाँको जागिर मिलाईदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँग लाखौं असुलेर थाइ श्रीमतीको खातामा राख्ने ।

आठवर्षयता थाइल्याण्डमा बसेर मानब तस्करीको जालो थाप्दै सयौंसँग कराडौ रुपैयाँ ठगी गरेको आरोप लागेका पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीबाट पक्राउ परेका छन् ।
गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सिआइबी)मा ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैया गुमाएका दुई दर्जन भन्दा धेरै पीडित सम्पर्कमा आएका छन् ।

एकपछि अर्को उजुरी परेपछि सिआइबीले २०७२ साल २९ गते गुरुङविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गराएको थियो । उनीमाथि ठगी र मानव तस्करीको दुवै आरोप छ ।  शनिबारको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १४ शनिवार ०८:१५ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...