back
CTIZAN AD

लिबियामा फसे २० नेपाली, दूताबास भन्छ–उद्धारको पहल जारी

वि.सं.२०७६ वैशाख १४ शनिवार

612 

shares

१४ बैशाख, काठमाडौं । लिबियाको त्रिपोलीमा दिनप्रतिदिन युद्ध मैदानमा परिणत भइरहेको छ । त्यहाँ कार्यरत सैनामैना १०, रुपन्देहीका गणेश थापा मगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हार गुहार गरिरहेका छन् ।

‘हामी बसेको ठाउँबाट झण्डै २५ किमी टाढा दिनहुँ बिद्रोही र सरकारपक्षबीच भिडन्त भइरहेको छ, बम नपड्कने दिनै हुँदैन् । त्रिपोलीबाट थापा मगरले भने, ‘भिडन्त बढ्दै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’

उनी अलसाई समूहको राईस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् । ‘हामी जहाँ काम गर्छौ, त्यहि बस्छौं,’ उनले भने, ‘बाहिरी घुमफिर गर्ने स्थित छैन । हाम्रा लागि चाहिने सबै समान लिबियन नागरिकले किनेर ल्याइदिन्छ ।’

थापामगर सँग तनहुँका पूर्ण बहादुर गुरुङ, बुद्धि बहादुर अधिकारी क्षेत्री, लम्जुङका अमृत गुरुङ, दाङका भुवन आचार्य, सुनसरीका राजु विष्ट, सनम विश्वकर्मा, सप्त बहादुर बिक सिन्धुपाल्चोकका कृष्ण कोइराला कार्यरत छन् ।

यसैबीच इजिप्टस्थित नेपाली दूतावासका राजदूत झबिद्र अर्यालका अनुसार लिबियामा २० नेपालीको उद्धार गर्नुपर्नेछ । उनीहरु दूतावासको सम्पर्कमा आइरहेका छन् । १० जना एउटै कम्पनीमा कार्यरत छन् । उनले भने, ‘लिविया सरकार र अन्तराष्ट्रिय निकायसँग समन्वय गरिरहेका छौ. तर प्रतिक्रिया आइरहेकोछैन । शनिबारको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १४ शनिवार ०८:२९ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...