back
CTIZAN AD

झापाकी देवी मेचेलाई घर उपहार

वि.सं.२०७६ वैशाख १४ शनिवार

684 

shares


१४ वैशाख, काठमाडौँ । सुत्केरी भएको १ हप्तामै श्रीमान गुमाएर अलपत्र परेकी मेचीनगर झापाकी देवी मेचेलाई घर हस्तान्तरण गरिएको छ । बैशाख ९ गते एक कार्यक्रमका बिच देवी मेचेलाई पक्की घर हस्तान्तरण गरिएको हो ।

बिजुलीको करेन्टबाट एक हात गुमाएकी मेचेले श्रीमानसँग सन्तान जन्मिएको खुशीयाली साट्न नपाउँदै श्रीमानबाट एक्लीनु परेपछि उनको बिचल्लीका खबर संचारमाध्यममा आए । ३ वर्षकी सानी छोरी र काखकी नवजात शिशु, उनको दयनीय अवस्थामा देशविदेशमा बस्ने नेपालीहरुले चासो देखाए ।

मेचेको खबर सुनेपछि रगत दिएर हजारौँ मान्छेको ज्यान जोगाउने अभियानमा संसारभर सन्देश छर्दै हिडेका अन्तर्राष्ट्रिय ब्लड डोनर अर्जुनप्रसाद मैनालीले सहयोग गर्ने सोच बनाए । अमेरिकाबाट अर्जुन मैनालीले साथीहरुबाट एक लाख बाउन्न हजार सहयोग जुटाइ पठाए । त्यसैगरी विभिन्न व्यक्तिहरुबाट मेचेको नाममा उठेको रकमबाट छ लाख पच्चिस हजार रुपैयाको लागतमा जस्ताको छानो सहितको पक्की घर निर्माण गरिएको हो ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले सहयोगिहरुलाई धन्यवाद भन्दै स्थानिय सरकारले गर्न नसकेको काम स्थानियवासिहरुले आँफैले गरेकोमा खुशी ब्यक्त गरेका थिए ।

देवी मेचेले तीन बर्षकी ठुलि छोरी र काखमा हुर्किदै गरेकी सानी छोरीलाई लिएर आसुँ झार्दै आफ्ना लागि बनाइ दिएको घरमा प्रबेश गरिन् । नव निर्मित घरमा भान्छाका सबै सामान, काठको पलङ, भाडाकुडा, सौर्य उपकरण, बिजुली पंखा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल बिछ्याइएको शौचालय, धारा लगायतको ब्यबस्था छ ।

कात्तिक १३, २०७५ मा झापा मेचीनगरकी देवी मेचे हप्ता दिनकी सुत्केरी हुँदै गर्दा बिधुवा भइन् । देवी बाह्र बर्ष अगाडि अर्काको घरमा काम गर्दा बिजुलीको करेन्टले दाहिने हात चुडिएर अपाङ्ग बनेकी थिइन । गरीबिको कारणले देवीले महिनौ देखी घरभाडा तिर्न सकेकी थिइनन् । मजदुर श्रीमान कृष्ण घिमिरेको निधनले देवी माथि ठूलो बज्रपात पर्‍यो । केही नहुनेको दैव हुन्छ भनेझै स्थानियवासी ती देवीलाई सहयोग गर्न तम्सिय । विश्वप्रकाश शर्माले मिलनचोकमा सात धुर जग्गा किनिदिए । बिजय डालमियाको संयोजकत्वमा घर निर्माण समिती बनाइएको थियो ।

 

 

वि.सं.२०७६ वैशाख १४ शनिवार ०८:४१ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...