back
CTIZAN AD

बालगीत

वि.सं.२०७६ वैशाख १४ शनिवार

846 

shares

पहिलो दिन स्कुलमा
रोएँ अनि कराएँ
बोल्न पनि सकिन
सबै सँग डराएँ ।

दोस्रो दिन स्कुलमा
मिसले काखमा लिनु भो
म हासेको देखेर
मामु मख्ख पर्नु भो ।

तेस्रो दिन स्कुलमा
साथी सँग रमाएँ
मिसले खेल भन्नू भो
मैले साइकल चलाएँ ।

चौथो दिन स्कुलमा
कापी कलम समाएँ
कपुरी क लेखेर
उमा मिसलाई देखाएँ ।

पाँचौ दिन स्कुलमा
मिसले गीत गाउँनु भो
नाँच कान्छु भनेर
मलाई नाँच्न लाउँनु भो

छैटौं दिन स्कुलमा
बाबा पनि आउनु भो
मलाई खुसी देखेर
छक्क पर्दै जानु भो ।

 

वि.सं.२०७६ वैशाख १४ शनिवार ०८:५५ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...