back
CTIZAN AD

सामाजिक अभियन्ता डा परियार ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित

वि.सं.२०७६ वैशाख १४ शनिवार

681 

shares


१४ वैशाख, काठमाण्डौं । अमेरिकामा कृयाशील नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियार नेपालमा ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित भएकी छिन् । ग्लोबल युथ पार्लियामेण्ट संस्थाद्वारा काठमाण्डौंमा आयोजित ‘ग्लोबल युथ लिडरशीप समिट २०१९’ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सामाजिक अभियन्ता डा परियारलाई उक्त पुरस्कारद्वारा सम्मान गरेका हुन्। नेपालमा सामाजिक रूपान्तरणको लागि कृयाशील एडवान संस्थाको संस्थापक अध्यक्ष तथा जर्सी सिटी मेयरकी सल्लाहकार डा परियार आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका सात जिल्लाहरुका २७ गाबिसमा स्थापित २९२ महिला समूहहरु मार्फत झण्डा ५० हजार महिला तथा उनीहरुका परिवारका सदस्यहरु र ३५ बिद्यालयहरुका २३ हजार बेशी बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ ।

उनकै नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाच टिपिएस रिजोलुसन पास गराउन सफल भएकी थिइन भने सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकि भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल भएकी थिइन । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवतः पहिलो घटना हो।

त्यसैगरी, जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा विष्णुमाया परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउने सफलता मिलेको थियो। यी दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उनकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाईमा जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भईसकेकी सुपरिचित नेपाली सामाजिक अभियन्ता डा। विष्णुमाया परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यूयोर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यूयोर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा परियारलाई सम्मानित गरिसकेको छ ।

वि.सं.२०७६ वैशाख १४ शनिवार ०९:१९ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...