back
CTIZAN AD

विदाइ

वि.सं.२०७६ वैशाख १४ शनिवार

2.1K 

shares

साँच्चिकै बिदाइ पीडादायी हुन्छ
चाहे जस्तोसुकै होस्
टाढाको दुरीमा छुट्टिनेछ बिदाइ
नजिकको बिरानो बिदाइले
बिदाइ पीडादायी हुन्छ
आभास अनुभूतिको बेग्लै हुन्छ
कताकता केही कोही छुटेजस्तो महसुस हुन्छ
यो आभास नभइदिए
बिदाइ किन हुन्थ्यो र पीडादायी ?
आखिर एउटा अनजान मुटुको आभास
अर्को अनजान मुटुलाई किन पो हुन्छ ?
हो, यी सबै प्रश्नहरुको उत्तर छैनन् दुनियाँमा
त्यसैले त प्रश्नहरुको पीडा झै
बिछोडको पीडा दुःखद हुन्छ
कसै गरे नि भुल्न नसकिने
जसै जीवन पो चालिन्छ यहाँ

त्यसैले,
त्यसैले लाग्छ, साँच्चै बिदाइ पीडादायी हुन्छ
आँसुका मुहानहरु फुट्छन्
मुटुमा ज्वारभाटाहरु चल्दछन् अनायासै
यदाकदा मनमस्तिष्कमा
पारि गाउँ र क्षितिजमा डुब्ने घाम हेर्दै
टोलाई बाटो हेरी रुन पो मन लाग्छ
त्यसैले पीडा र आँसुको समिश्रण हो बिदाइ

तर,

तर आफ्नै मनलाई एकपटक सोध
आफ्नै एउटा निष्कर्ष निकालें
बिदाइ (किन पीडादायी) हुन्छ ?
साँँच्चीकै रोदनको सम्मिश्रण मात्र हुन्छ
तर मलाइ दिलको एक कुनाले बोल्यो
बिदाइ मिठो हुन्छ
एक मनले सोँचे
फरक धारले सोँचे
अझ बर्फिली हुन्छ ।।

वि.सं.२०७६ वैशाख १४ शनिवार ०९:०९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...