
एक
पहिलो पटक पुगेकी थिए रामेछापको भँगेरीमा
खुशी र पीडाको आँसु झरे गंगालालको घडेरीमा
तिम्रो योगदान ब्यर्थै खेरा गए जस्तो त्यो भान हुँदा
भक्कानिदै गाठो पर्याे जिग्यासुको मनको मझेरीमा
दुई
समाजलाई केहि योगदान दिने उल्लास बोकेर जिएकिछु
गरिबलाई राहत मिल्ने खुशीको आभास बोकेर जिएकिछु
सेवा गरौ त्यहि छ पुण्य मर्दा सबै छोडेर जानु छ एकदिन
सहयोगी मनको साथ पाउने त्यै बिस्वास बोकेर जिएकिछु
तीन
राष्ट्रियता झल्काउने त्यो गीत संधै गाउँन सकु
आफ्नै देशको माटो संग चोखो माया लाउँन सकु
मृत्यु पश्च्यात रुपान्तरण भै मानव जन्म लिएमा
फेरी पनि नेपालको यै भूः स्व र्गमा आउँन सकु
हाल – काठमाडौं
वि.सं.२०७६ वैशाख १४ शनिवार ०९:०२ मा प्रकाशित