back
CTIZAN AD

तपाई पनि जाने होइन त काली गण्डकीमा बञ्जीजम्प गर्न ?

वि.सं.२०७६ वैशाख १४ शनिवार

786 

shares

१४ बैशाख, बलेवा । बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको पुलसहितको बञ्जीजम्पको ८० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘द क्लिफ’ प्रालिले जनाएको छ । आगामी साउनसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । पुलसहितको बञ्जीजम्प र बागलुङको बलेवा क्षेत्रमा रिसोर्ट निर्माणको कामसमेत भइरहेको छ । रु १६ करोड लगानी गरेर बञ्जीजम्प र रिर्सोट सञ्चालनमा ल्याउन लागिएको कार्कीले सुनाउनुभयो । कालीगण्डकी नदीको सतहदेखि बञ्जीजम्पको उचाइ २२८ मिटर रहेको छ ।

हालसम्म विश्वमा बनेका बञ्जीजम्पमध्ये चीनले सन् २०१८ मा बनाएको बञ्जीजम्प विश्वकै सबैभन्दा बढी उचाइ भएको बञ्जीजम्प मानिन्छ । सिसाको पुलसहितको त्यस बञ्जीजम्पको उचाइ २६० मिटर छ । दोस्रोमा मकाउ टावरको उचाइ २३३ मिटर छ । “साहसिक पर्यटकको गन्तव्य अब कालीगण्डकीमाथिको पुलसहितको बञ्जीजम्प हो”, कार्कीले भने, “पर्यटकलाई ध्यानमा राखेर बलेवा क्षेत्रमा रिर्सोटसमेत बनाएका छौँ ।” कूल २२ रोपनी जग्गामा रिर्सोट फैलिएको छ । “यस क्षेत्रको परिचय अग्ला झोलुङ्गे पुलका रुपमा बनिरहेको छ”, कार्कीले भने “अब म यसलाई साहसिक पर्यटनको स्थल बनाउँछु ।”

वि.सं.२०७६ वैशाख १४ शनिवार १०:०४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...