back
CTIZAN AD

विप्लब समूहबाट नाम हटाउन भन्दै प्रहरीमा निवेदन

वि.सं.२०७६ वैशाख १४ शनिवार

726 

shares

१४ बैशाख, बझाङ । नेत्रविक्रम चन्द ‘विप्लब’ समूहमा आबद्ध व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै केदारस्यँु गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लब समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए । त्यस्तै दुर्गाथली गाउँपालिका–७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लब समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेका छन् ।

प्रहरीमा निवेदन पेश गरेपछि उनीहरुको नाम अभिलेखबाट हटाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए । प्रहरीले जिल्लाका उक्त समूहमा आबद्ध हुनेमाथि निगरानी बढाएको छ । पछिल्लो समयमा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए ।

वि.सं.२०७६ वैशाख १४ शनिवार १०:१० मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...